पार्टी फुटन लाग्यो भन्दै सामाजिक सञ्जालमा हारगुहार देख्दा दया लाग्योः नेतृ पाल

पोखरा, कात्तिक १८ गते । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)की नेतृ एवं सांसद निरु पालले सिनियर नेताहरुले पार्टी फुट्न लाग्यो भन्दै सामाजिक सञ्जालमा हारगुहार गरेको देख्दा तया लागेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले पार्टि फुट्नलाग्यो बचाउनुपर्यो भनेर सिनियर नेताहरुले सामाजिक संजाल हरुमा हारगुहार गरेको देख्दा दया लागेर आयो के पार्टी कार्यकर्ताले फोड्न लागेकाहुन र ? उहाँले प्रश्न गर्नुभएको छ । नेतृ पालले यो नाटक अब बन्द गर्नुस देश र जनताका बारेमा छातिमा हात राखेर उम्लियको दिमागले होईन ठण्डा दिमागले सोच्नुस भन्नुभएको छ ।

 

‘जनता रोग भोग सोक महामारीसंग जुधिराखेका छन उहाँले लेख्नुभएको छ, कोरोना बाट जनतालाई कसरी बचाउने कसरी राहत दिने भनेर कोठे बैठक गर्नुस तर केपी ओलिलाई फाल्न अर्को कसैलाई ल्याउन होइन जनताले तपाईं हामीलाई कीमार्थ माफ गर्ने छैनन नेता कमरेडहरु सच्चिनुस अन्यथा कार्यकर्ता ले जोगायको पार्टी हो कार्यकर्ताको आवेगको सामना गर्न निक्कै महङ्गो पर्ला ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...