कोरोना संक्रमणबाट पोखरा ५ की ५९ वषीय महिलाको मृत्यु

पोखरा, कात्तिक १८ गते ।पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएकोे छ । पोखरा महानगरपालिका वडा नम्वर ५ निवासी ५९ वषीय महिलाको मृत्यु भएको हो ।

कात्तिक १४ गते कोरोना संक्रमण भै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड १९ उपचारक केन्द्रको आइसियूमा उपचारत महिलाको १७ गते राती ११ बजे मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कोरोनाबाट प्रतिष्ठानमा मृत्यु हुने २६ औ ब्यक्ति हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...