केसीको निधनमा पोखरा महानगर बन्द

पोखरा, कात्तिक १८ गते । प्रतिनिधि सभा सदस्य एवं तत्कालीन पोखरा
नगर पञ्चायतका प्रधानपञ्च सुर्यबहादुर केसीको निधनमा पोखरा महानगरपालिका बन्द गरिएको छ ।

केसीको सोमबार राती आफनै निवासमा निधन भएको थियो । केसीको निधनले स्तब्ध बनाएको जनाउदै पोखरा महानगरले महानगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालय आज मंगलबार एक दिन बन्द रहने जनाएको छ । केसीको निधनले शोकको घडीमा उहाँको आत्माको चिरशान्तिको काम गदै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

महागनरले एक विज्ञप्ति जारी गदै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदान ब्यक्त गर्दछौ भनिएको छ । प्रतिष्ठित उद्योगीका रुपमा परिचित रहनु भएका उहाँले पोखराको विकासमा पुयाउनु भएको योगदानलाई हामी सदा स्मरण गरिरहने छौ विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...