पोखरा, कात्तिक १८ गते । नेपालका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा राजनीतिज्ञ सूर्यबहादुर (सिताराम) केसीकोे अन्त्यष्टि गरिएको छ । पोखराको शान्तिघाटमा मंगलबार केसीको अन्त्यष्टि गरिएको हो ।
६३ वर्षीय केसीको सोमबार राति १०ः३० बजे आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । हिमश्री फुड्सका अध्यक्ष केसी नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका सदस्य समेत हुनुहुन्थ्यो ।उच्च रक्तचाप र मधुमेह रोगी केसी केही समयदेखि अस्वस्थ भएर घरमै आराम गरेर बस्नुभएको थियो । लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गर्नुभका केसी २०७४ सालको बेला नेपाली काँग्रेस प्रवेश गर्नुभएको थियो ।
केसीको पार्थिव शरिरमा नेपाली काँग्रेसका नेता तारानाथ रानाभाटले पार्टी झण्डा ओढाउनु भएको थियो । उहाँका ३ जना छोराहरु प्रकाश, किरण र रोसनले केसीलाई दागबत्ती दिनुभयो । केसी निवास मुस्ताङचोकबाट शवयात्रा निकालिएको थियो । शव यात्रामा इष्टमित्र, राजनीतिक दलका नेता तथा कार्यकता, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।