पछिल्लो चौबीस घण्टामा तीन हजार ११४ जना सङ्क्रमित थपिए

काठमाडौं, कात्तिक १८ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ११४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा जनामा सङ्क्रमण तीन हजार ११४ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७९ हजार ६१४ पुगेको छ । हाल ३७ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १४२  जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार चार पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...