जन्मदिनको अवसरमा बिपत व्यवस्थापन कोषमा रकम सहयोग

पोखरा – युथ कम्युनिटि क्लव नेपालका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बिपत व्यवस्थापन कोषमा रकम सहयोग गरेको छ ।

जन्मदिनको अवसरमा अनावश्यक हुने खर्चलाई कटौति गर्दै युथ कम्युनिटि क्लवद्दारा सञ्चालित विपत व्यवस्थापन कोषमा उनले १० हजार १०७ रुपैया सयोजक सर्मिला लामालाई हस्तान्तरण गरेका हुन।

जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद दिदै श्रेष्ठले अनावश्यक हुने खर्चलाई कोषमा जम्मा गर्दा आफ्ना क्लवका सदस्यहरुलाई विपत समस्या पर्दा सहयोग गर्न सकिने भन्दै सुरुवात आफैबाट गरिएको बताए ।

यस अघि केमिकल दुर्घटनामा परी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचाररत क्लवका सदस्य रोशन अधिकारीलाई युथ कम्युनिटी क्लब पोखराले कोषबाट  क्लबको विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लबमा आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग गरिएको संयोजक सर्मिला लामाले बताइन ।

मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्राली स्थापना गरी पोखरामा बङ्गुरपालन

‘युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यका साथ एक वर्षअघि स्थापित युथ कम्युनिटी क्लब कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्राली स्थापना गरी पोखरामा बङ्गुरपालन सञ्चालन पनि गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३३ शहरेतरास्थित पिगपार्कमा चार हजार ७६० स्क्वायर फुट क्षेत्रफलमा बङ्गुरपालन सुरु गरेका हुन् ।

क्लब पोखरामा आबद्ध युवा व्यवसायी सम्मिलित भई ८४ लाखको लगानीमा बङ्गुरपालन सुरु गरिएको मित्रता एग्रो प्रालिका निर्देशक जयन्ती मोक्तानले बताइन् । २० देखि ४५ वर्ष उमेर समूहका युवालाई क्लबमा आबद्ध गराई मित्रता एग्रो प्रालीमा शेयर हाल्न सकिने भएकाले कुनै पनि युवाले सानो लगानीमा कृषि कार्यक्रममा सहभागिता जनाउन सक्ने उनको भनाइ छ । हाल ११५ जना युवा व्यवसायीबाट बङ्गुरपालन सुरु गरिएको भए तापनि निकट भविष्यमा तरकारी उत्पादन, कृषि, पशुक्षीजन्य सामग्रीको उत्पादन र बिक्री वितरण गर्ने लक्ष्य प्रालीले दिएको निर्देशक मोक्तानले जानकारी दिए ।

 पाँच वर्षभित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना

युथ कम्युनिटी क्लबले युवालाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने क्बलका अध्यक्ष पूर्ण श्रेष्ठले बताए ।उनले आगामी पाँच वर्षभित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको बताए । उनका अनुसार क्लबमा आबद्ध हरेक सदस्यले इन्भेष्टमेन्ट कम्पनीमार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा शेयर राख्न पाउनेछन् । पोखरामा स्थापित युथ कमिटी क्लबले पाँच वर्षभित्र नेपालको सातवटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

क्लबमा आबद्ध सदस्यले २५ हजारदेखि एक लाख रुपैयाँसम्म शेयरमार्फत लगानी गर्नसक्ने

हाल क्लबमा ३५० जना सदस्य रहेको भए तापनि एग्रोमा भने ११५ जनाले शेयर राखेका छन् । अन्य सदस्यसमेत थपिँदै गइरहेको जाकारी दिँदै क्लबका कोषाध्यक्ष विकास गुरुङले क्लबमा आबद्ध सदस्यले २५ हजारदेखि एक लाख रुपैयाँसम्म शेयरमार्फत लगानी गर्नसक्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...