बाइडेन अग्रस्थानमा

वोस्टन, अमेरिकामा राष्ट्रपति पदको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ र अधिकाँश स्थानमा मतगणना पनि भइरहेको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिकाका ५० वटै राज्य र डिष्ट्रिक अफ कोलम्वियामा शान्तिपूर्ण रुपमानिर्वाचन सम्पन्नभएको समाचार सञ्चार माध्यमले जनाएका छन् ।विश्वभरका मानिसहरुको प्रतीक्षाका साथ हेरिएको चार वर्षे कार्यकालका लागि सम्पन्न योे निर्वाचनमा सन् १९०८ पछि अधिक प्रतिशतमत खसेको यो पहिलो पटक हो ।

 

कतिपय स्थानमा मतदान भइरहेको र कतिपय स्थानमामत गणना जारी रहेको हुँदा कति मत खस्यो भनेर भन्न सक्ने स्थिति बनेको छैन तथापि ६६ प्रतिशतको हाराहारीमामत खसेको सर्वेक्षणले जनाएको छ । कोभिडका कारण यसपटक करिब १० करोड मानिसले हुलाक मार्फत अग्रिम मतदान गरेका थिए ।

अमेरिकी समय अनुसार, मंगलवार रातीसाढे ११ बजेसम्मको मतगणनामा दुवै उम्मेदवारले स्पष्ट अग्रता हासिल गर्न सक्नुभएको छैन । अहिले २२३ इलेक्टोरल मतका साथ जो वाइडेनले अग्रता लिइरहनुभएको छ भने ट्रम्पले २०४ इलेक्टोरल मतले पछ्याइरहनुभएको छ । राष्ट्रपति निर्वाचित हुनकालागि कुल ५३८ इलेक्टोरल मतमध्ये आधाभन्दा बढी अर्थात् २७० इलेक्टोरल मत आवश्यक पर्छ ।

 

केही युद्धभूमिका रुपमाचर्चा रहेका नर्थ क्यारोलिना, मिसिगन, जर्जिया, पेन्सिलभेनिया, एरिजोना, ओहायोमा राष्ट्रपति ट्रम्पले अग्रता लिइरहनु भएकोले परिणाम अझै के कसो होलाभन्न सक्ने स्थिति छैन । ट्रम्पले चुनाबजित्नुभयो भने यो दोस्रो कार्यकालहुनेछ भने वाइडेनले जितेको खण्डमा उहाँ अमेरिकाकै इतिहासमा सर्वाधिक ज्येष्ठ राष्ट्रपति हुनुहुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...