प्रेस संयोजक बराललाई कोरोना संक्रमण

पोखरा, कात्तिक १९ गते ।पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक एवं प्रेस संगठन कास्कीका संयोजक माधबप्रसाद बरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कात्तिक १४ गते कन्ट्याक ट्रेसिङमा परेपछि उहाँले सोमबार स्वाब दिनुभएको थियो । बुधबार बराललाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।

बरालले समाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना भेजेटिभ भएको बताउदै भन्नुभएको छ , घरमै बसेको थिए । अलिअलि रुघा लागेको थियो । रिपोर्ट पोजेटिभ आएको छ। घरमै छु र मेरो स्वास्थ्य अवस्था सामान्य छ। कोरोनाबाट सचेत हौं । आफू पनि बचौं र अरूलाई पनि बचाओैं ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...