पर्यटन व्यवसायीको रक्षाकालागि प्रदेश सरकारसधैँ कटिबद्ध छः मन्त्री लम्साल

पोखरा, कात्तिक १९ गते ।गण्डकी प्रदेशकाउद्योग, पर्यटन, वनतथावातावरणमन्त्री विकास लम्सालले पर्यटन व्यवसायीको हकहिततथारक्षाको निम्त्तिप्रदेश सरका सधैँ कटिबद्ध रहेको बताउनुभएको छ । ट्रेकिङ एजेन्सिजएशोसिएशनअफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशनएवं २७औँ वार्षिक साधारणसभालाई सम्बोधनगर्दै मन्त्रीलम्सालले नजिक बाट प्रदेश सरकारले पर्यटन व्यवसायी सँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।

“पर्यटन क्षेत्रमाकोभिड १९ ले धेरै असर पारेको छ,पर्यटन व्यवसाय धरासायीबन्नपुगेको छ,पर्यटन व्यवसायीले खर्बौ लगानीनोक्सानीव्योर्होनुपरेको छ,मन्त्री लम्सालले भने”पर्यटन व्यवसयलाई कसरी बचाउन सकिन्छ भनेर हामीगम्भिरतापूर्वक लागेका छौँ, । उनले कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाकालागिनेपाल सरकारले मौद्रिकनिति र प्रदेश सरकारले छुट्याएको एक अर्बको कोष चाँडै व्यवसायीकाहातमापुग्ने विश्वास व्यक्त गरे ।

कोभिड १९ का कारण देखा परेको समस्याको समाधानगर्न सरकार,पर्यटन व्यवसायी र नागरिक समाज एकताबद्ध रुपमालाग्नसपर्नेमाजोडदिए ।मन्त्रीलम्सालले कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमाविषम परिस्थितिनिम्त्याएको बताउँदै यसकाबाबजुदपनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवद्र्धनमालागेको जानकारी दिए ।कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानीव्यहोर्नुपरेको बताउँदै उनले प्रकृति, संस्कृतिका साथै साहसिकपर्यटन यहाँको विशिष्टता भएको उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षएवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पाँचखर्बभन्दा बढी लगानीभएको पर्यटन क्षेत्रमा कोरोना सङ्क्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए ।कोरोनाले विभिन्न क्षेत्र धराशायीबनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीतिकार्यान्वयनमाल्याउननसकेको बताए ।टानका केन्द्रीयउपाध्यक्षचोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममापदयात्रामार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वयगर्नुपर्नेमाजोड दिए।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रापर्यटनसहित समग्र पर्यटन नै संकटमा परेको बताए ।टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथमउपाध्यक्ष सुशीलराजपौडेल, सचिवजीवनराज सापकोटालगायतले पदयात्रापर्यटनमा देखिएका समस्याबारे उल्लेख गरे ।

अधिवेशनतथा साधारणसभाका अवसरमा संघका तर्फबाट नेपालपत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनकालागि ५० हजार उपलब्ध गराइएको थियोभने राष्ट्रिय समाचार समिति (रासस) पोखरा समाचारदाताजमुना वर्षा शर्मा लाई ‘पर्वतीयपर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानितगरिएको थियो । पर्वतीयपर्यटनका साथै समग्र पर्यटनका विविधपक्षमापत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै उनलाई १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट सम्मानगरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...