गुलजार फेवाकिनार खपौदी, जहाँ दैनिक सात सय आन्तरीक पर्यटक पुग्छन् (फोटो फिचर)

एकराज गिरी/पोखरा, कात्तिक २० गते । सात महिना लकडाउन भयो । पर्यटकीय सहर पोखरा सुनसान बन्यो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले देश लकडाउन हुदाँ सवै क्षेत्र ठप्प भयो । सबैभन्दा ठूलो मारमा पर्यटन क्षेत्र प¥यो । सधै गुलजार हुने पोखराको पर्यटकीय केन्द्र लेकसाइड अझै सुनसान जस्तै छ । लकडाउन हुनुभन्दा दुई महिना अगाडी दुई युवाले पोखराको फेवाताल किनारमा  खपौंदीस्थित पाल्म विच एण्ड लाउञ्जर बार   खोल्नुभयो । बार निर्माण अन्तिम चरणमा थियो लकडाउन भयो ।

२ करोड ३० लाख लगानी गरेको रेष्टुरेन्ट सञ्चालन नहुदै बन्द गर्नुपर्ने अवस्था आएपछि सञ्चालक रवि तिमिल्सिना र उहाँका व्यवसायीक सहयात्री अभिशेषक गुरुङलाई पीडा भयो । अहिले रेष्टुरेन्ट सञ्चालन भएको एक साता वितेको छ । पहिला चल्दैन की ? भन्ने तनाब थियो तर अहिले सेवा दिन नसकेर । कोरोना भाइरसका कारण आन्तरीक र बाह्य पर्यटक नभएर लेकसाइडका होटल रेष्टुरेन्ट सुसान छन् । तर त्यहीबाट सवारीमा दश मिनेट र पैदल मार्फत आधार घण्टाको दुरीमा रहेको यो रेष्टुरेन्ट गुलजार छ ।

त्यहाँ दैनिक सात सय आन्तरीक पर्यटक पुग्छन् । कोरोनाको बेला यत्ति धेरै आन्तरीक पर्यटक त्यहाँ आउछन् भन्दा सबैलाई अचम्म लाग्न सक्छ तर त्यहाँ पुगेपछि पत्याउन कर लाग्छ । रेष्टुरेन्ट २ सय क्षमताको हो संञ्चालक रवि तिमिल्सिनाले भन्नुभयो, ‘हामीले नयाँपन दिएका छौ, त्यसैले आन्तरीक पर्यटकको आगमन बढेको छ । अहिलेको अवस्थामा यस्तो होला भनेर सोचेका पनि थिएनौ ।’ हाम्रोमा एक सय वटा टेबलकुर्ची छन् त्यो विहानदेखि साँझसम्म खाली हुदैन् उहाँले भन्नुभयो, हामीले सर्भिस पु¥याउन सकेको छैनौ । यो अचानक भयो ।’


अहिले पूर्ण रुपमा हामीले सेवा सुरु गरेका छैनौ उहाँले भन्नुभयो,‘हामीले खाना सुरु गरेका छैनौ खाजा सेटमात्रै हो, तिहारपछि फुलफेजमा जान्छौ ।’ अहिले रेष्टुरेन्टमा २६ जनाले रोजगारी पाउनु भएको छ । त्यहाँ अहिले आउने पहुना झापा, धरान र काठमाडौका बढि हुनुुहुन्छ । सञ्चालक तिमिल्सिनाले भन्नुभयो, ‘हाम्रोमा पोखराको पाँच प्रतिशत मात्रै हो ६० प्रतिशत झापा, धरानको र ३० प्रतिशत काठमाडौबाट आउनुभएको छ ।’ उहाँले पोखरामा भन्दा बढि प्रचार काठमाडौमा आफनो रेष्टुरेन्टको चर्चा बढि रहेको बताउनुभयो ।


उक्त रेष्टुरेन्टमा फोटो खिच्नकै लागि पुग्नेहरुपनि छन् । त्यहाँ बालीमा मात्र पाइने बाली स्वीङ अर्थात चराको गुड पीङ छ । यो अन्त कतै छैन् । हाम्रोमा मात्रै हो सञ्चालक तिमिल्सिनाले भन्नुभयो, ‘बाली घुमेर त्यहीको नक्कल गरेका हौ । त्यहाँ समुन्द्रको छेउमा चराको गुडजस्तोमा फोटो खिच्ने ठाँउ हुन्छ । हामीले त्यही बनाएका छौ ।’ उहाँले पोखराको लेकसाइड भन्दा खपौदी र पामे साइडमा अहिले आन्तरीक पर्यटक बढेको बताउनुभयो । मान्छेले सधै नयाँ खोजेको हुन्छ । ताल हेर्न खोज्छ उहाँले भन्नुभयो, ताल हेर्न नपाए अर्थ छैन् ।लेकसाइडमा बढि कोलाहाल हुन थाल्यो, ताल देखिन छाड्यो अनि मान्छे पारिवारीक वातावरण खोज्दा व्यवसाय यता सिफट भएको छ । अलिहे मान्छेको आकर्षण खपौदी र पामे तर्फ बढेको छ ।

 


त्यहीबाट पाँच मिनेट अगाडी रहेको अलफान्जु रिसोर्टमा पनि आन्तरीक पर्यटक भरिएका छन्। त्यहाँ पनि कोरोनाले खासै प्रभाव परेको छैन् । देैनिक सय जनाको हाराहारीमा आन्तरीक पर्यटक आउँछन् रिसोर्ट सञ्चालक सुभाष भटराईले भन्नुभयो,‘दशैँपछि रिसोर्टमा आउने आन्तरीक पर्यटक ह्वात्तै बढेका छन् ।’ यहाँ आउने पनि पोखरा बाहिर काठमाडौ र चितवनबाट आन्तरीक पर्यटक आउनु भएको छ उहाँले भन्नुभयो, ‘अन्य दिनभन्दा शुक्रबार र शनिबार अझै बढि हुन्छ । पारिवारीक वातावरण खोज्नेहरु यहाँ आउनुुहुन्छ ।’ ५ करोड रुपैयाँ लगानी गरेर दुई युवाले रिसोर्ट सञ्चालन गर्नुभएको हो । सुभाष भटराई र अमित गौतमले कोरोनाले आठ महिना बन्द भएपनि दशैँपछिको ब्यापारबाट खुसी हुदै भन्नुहुन्छ, ‘अझै लगानी थपेर व्यवस्थित गर्ने योजनामा छौ ।’ आठ रोपनीमा फैलिएको रिसोर्टमा स्वीमिङपुल, बस्ने कोठा, जीम हलको समेत व्यवस्था छ । अल्फान्जु भनेको किङ अफ म्यागो हो सञ्चालक भटराईले भन्नुभयो, आपको राजा हो । यहाँ सय वर्ष अगाडीको आपको रुख छ । त्यसैले हामीले नाम अल्फान्जु राखेका हौ । रिसोर्टमा ४२ जनाले रोजगारी पाएका थिए भने अहिले १८ जना रहेको उहाँले जानकारी दिनुभयो । नयाँपनि दिनसके व्यवसाय गर्न समस्या छैन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...