पोखरामा बिहिबार थपिए ५३ संक्रमित

पोखरा, कार्तिक २० गते। पोखरामा बिहिबार एकै पटक ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दोस्रो विज्ञप्तिमा नयाँ ४८ जना थपिएको जनाएको छ ।

पहिलो विज्ञप्तिमा ५७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस मध्य कास्कीका ६ जना थिए । दुवै विज्ञप्ति जोडदा ५३ जनामा पुगेका छन् । गण्डकी प्रदेशमा बिहिबार १०५ जना कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ हजार ३६९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेशमा बिहिबार १०५ जना कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ हजार ३६९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...