पोखरा २४ का सामुदायिक विद्यालयमा बाडियो ७० हजारको मास्क

पोखरा, कात्तिक २० गते । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विद्यालयहरु बन्द छन् । बालबालिका बढि जोखिममा रहने भएकाले विगत आठ महिनादेखि बालबालिकाहरु घरमै बस्न बाध्य छन् । कोरोना संक्रमण पछिल्लो समय बढदो क्रममा छ ।

कोरोना संक्रमबाट बालबालिकालाई बचाउन पोखरा महानगरपालिका वडा नम्वर २४ का नौ वटा सामुदायिक विद्यालयका बालबालिकाहरुलाई बिहिबार ७० हजार मास्क वितरण गरिएको छ ।

आफै फिल्टर राख्नृ गरी तयार भएका १५ सय मास्क लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश मार्फत करिब ५२ हजार ५ सय मूल्य बराबरको र ५ सय मास्क वडा नम्वर २४ ले १७ हजार ५ सय गरि कुल ७० हजरा मास्क नौ वटा सामुदायिक बिद्यालयका शिक्षक,बिद्यार्थीहरु सहित केही जिम्मेवार संघसंस्थालार्इ निशुल्क बितरण गरिएको २४ का वडा सचिव कुस्मराज सुबेलीले जानकारी दिनुभयो ।

 

मास्कका लागि जमानसिङ्ग थापा, डम्म्बर बहादुर थापा तथा फुलमती थापा यु केले ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । एक्स फेक्टर कम्पनी हेमजाले १७ हजार ५ सय बराबरको ५ सय पीस माक्स र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले ५ हजार सहयोग गरेको सुबेदीले बताउनुभयो । यस्को समन्वय लायन्स क्लबका फ्रष्ट भिपी तथा वडा न २४ का वडा सचिब कुस्मराज सुबेदीले गर्नु भएको थियो।

वडा नम्वर २४ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने लायन बिकास भुर्तेल, महानगर कार्यपालिका सदस्य सन्तुदेबि सुवेदी, वडा सदस्यहरु माया नेपाली,अग्निधर त्रिपाठी र सोबनाथ भट्टराईको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन) कुस्मराज सुवेदी कार्यक्रम लायन्स क्लब गण्डकी प्रदेश अध्यक्ष कोपिला श्रीसको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...