तीन हजार ५१ जना सङ्क्रमित थपिए

काठमाडौं, कात्तिक २० गते । नेपालमा कोरोना भाइरसका तीन हजार ५१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा जनामा सङ्क्रमण तीन हजार ५१ जना जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ६८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ८५ हजार ९७४ पुगेको छ । हाल ३६ हजार ५१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । क्वारेन्टिनमा १२ सय ३२ जना छन् ।

 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ४३० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४८ हजार ४०८ सङ्क्रमित निको भएर घर फर्केका छन् । नेपालमा अहिले ७९. ८ प्रतिशत निको हुने दर छ । देशका विभिन्न अस्पतालमा ४२८ जना आइसीयू र ७४ जना भेन्टिलेरमा रहेर उपचार भइरहेको छ ।

 

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ५२ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...