पोखरा महानगरका चार वडा कार्यालय सिल, २३ कर्मचारी संक्रमित 

पोखरा, कात्तिक २१ गते । पोखरा कोरोना भाइरस संक्रमणका लागि हट स्पट बनेको छ । देनिक एक सय भन्दा बढिमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्की अर्थात प्रदेश राजधानी कोरोनाको उच्च जोखिममा छ । कोरोना संक्रमणकै कारण पोखरा महानगरका चार वडा यति बेला सिल गरीएका छन् भने २३ कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

पोखराको वडा नम्वर २, १३, २५ र २७ नम्वर वडा सिल गरिएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयहरु सिल गरीएको हो । पोखरामा बढदो कोरोना संक्रमणलाई मध्यनजर गदै बिहिबार पोखरा महानगरका प्रमुख सहित महाशाखा प्रमुखको बैठक बस्यो । बैठकमा महानगरका कर्मचारीमा बढदो कोरोना संक्रमण नियन्त्रणका उपचाय बारे छलफल भयो । बैठकले पोखरा महानगरपालिका भित्र धेरै भिडभाड नगर्न माइकिं गर्ने, पोखरा महागनरपालिकाको हाताभित्र स्वास्थ्य हेल्प डेस्क राख्ने र सेवाग्राहीका कागजपत्र जम्मा गर्ने र अर्को दिनमात्रै काम गर्ने निर्णय गरिएको छ । पोखरा महागनरले कोरोना भाइरसबाट बच्न भीडभाड गर्न र सुरक्षाका मापदण्ड पालना गर्न महानगरबासीलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...