अनुदानको मल बिक्रीका लागि सुचिकृत हुन अनुरोध

पोखरा, कात्तिक २१ गते ।अनुदानको मल बिक्री वितरण गर्न इच्छु सहकारी तथा फर्महरुले सुचिकृत हुन अनुरोध गरिएको छ । स्थानीय मल बितरण ब्यबस्थापन समितिको पहिलो बैठक ले उक्त निर्णय गरेको हो । पोखरा महानरपालिकाका उपप्रमुख एवं संयोजकत्वमा सम्पन्न बैठकले अनुदानको मल बितरण ब्यबस्थापन निर्देशिका २०७७ अनुसार बिक्री बितरण गर्न इच्छुक सहकारी र फर्म तथा कम्पनीलाई १५ दिनभित्र सूचीकृत गर्ने गरि सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।

त्यस्तै मल बितरक कम्पनिको सम्बन्धित बिक्री कार्यालयको बिक्री मुल््यमा कास्की जिल्ला दर रेट अनुसारको ढुवानी भाडा तथा संचालन खर्च रु १ थप गरि सम्बन्धित बिक्रेताको मुल्य कायम गर्ने निर्णय समेत बैठकले गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...