पोखरा–२२ लुकुमश्वारामा कृषि उपज संकलन तथा बिक्री केन्द्र

पोखरा, कात्तिक २१ गते । पोखरा महानगरपालिका पुम्दीभुम्दी कृषिका लागि पकेट क्षेत्र मानिन्छ । त्यहाँका किसानले उत्पादन गरेको कृषि जन्य उत्पादन पोखरा बजारसम्म ल्याउन डेढ घण्टा लाग्छ । किसानहरुले डोकामा बोकेर पोखराको बजारमा डुलाएर बिक्री गर्नुपथ्यो अव त्यो अवस्थाको अन्त्य भएको छ ।

पोखरा महानगरपालिकाको १० लाख रुपैयाँमा लुकुमश्वारामा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको शुक्रबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्नुभयो । उहाँले उद्घाटनमा बोल्दै किसानका उत्पादन संक्रलन गरेर बजारमा बिक्री गर्ने जिम्मा महानगरले लिने बताउनुभयो । संकलन केन्द्रमा संकलन भएको कृषि उपज बजार पु¥याउन १५ दिन महानगरले गाडीको भाडा उपलब्ध गराउने बताउदै भन्नुभयो, ‘केन्द्रको व्यवस्थापनको जिम्मा किसान आफैले गर्नुपर्छ । पहिलो चरणमा त्यसको ढुवानीको खर्च महानगरले व्यवस्था गर्छ ।’

 

उहाँले यहाँ उत्पादीत तरकारी प्याकेजिङ गरेर ब्राण्डीङ गर्ने काममा सहयोग गर्ने समेत बताउनुभयो । ‘किसानको प्रतिफल पाउनुपर्छ र उपभोक्ताले पनि सस्तोमा तरकारी पाउने अवस्था सृजना गर्न महानगर तयार छ ।’ कृषि उत्पादनको लागि बजार अभाव छैन् उहाँेले भन्नुभयो, पोखरामा बाहिरको तरकारी आयात भएको छ तर यहाँको उत्पादन बारीमै खेर गएको । अव त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ । पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थक बनाउन कृषि क्षेत्रको विकासले सम्भव हुने बताउदै वडामा उत्पादन भएका सामाग्रीले बजार र मुल्य दुवै पाप्त गर्ने बताउनुभयो ।

 

किसानले उत्पादन गर्ने बस्तु सोझै उपभोक्ताले खरिद गर्ने गरी पोखरा महानगरले किसान बजार सञ्चालनमा ल्याएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँले केन्द्रमा किसानले ल्याउने वस्तुहरु कुहिन र विग्रिन नदिन कोलस्टोरको समेत व्यवस्था गर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता खेमराज पौडेलले संकलन गर्ने कुरा भन्दा बजारमा बिक्री गर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । संकलन केन्द्रको व्यवस्थापन राम्रो हुनुपर्ने उहाँको भनाई थियो ।

 

 

कृषि सञ्जाल पोखरा २२ का अध्यक्ष खेमराज बरालले किसानले उत्पादन गरेका सामाग्री बिक्री गर्न समस्या थियो अव संकलन केन्द्र स्थापनाले सहज हुने बताउनुभयो । ‘अव किसानलाई बजार र मुल्यको समस्या हुदैन् ।’ उहाँले किसानले उत्पाद गरेका सामाग्रीहरु बाँदरले नोक्सान गरेको बताउदै बाँदर नियन्त्रण गर्दिन आग्रह गर्नुभयो । ‘बाँदरले रुनुन हास्ननु बनाएका छन । हाम्रो समस्या समाधानमा महागनरको ध्यान जाओस ।’ कर्णबहादुर वि.कले महानगरले संकलन तथा बिक्री केन्द्र स्थापना गर्दिएपछि यहाँका किसानको आर्थिक रुmमा जीवनस्तर उठाउन भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रम राती पोखरी कृषि उपज संकलन केन्द्र तथा बिक्री केन्द्र सञ्चालक समितिका अध्यक्ष अग्नीमाया बरालको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...