पोखराका १०८ सहित गण्डकीमा शुक्रबार १९६ संक्रमित थपिए

पोखरा, कात्तिक २१ गते । गण्डकी प्रदेशमा शुक्रबार १९६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेका चार विज्ञप्ति अनुसार गण्डकीमा शुक्रबार १९६ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका मध्य पोखरा महानगरपालिका मात्रै १०८ जना रहेका छन् ।त्यस्तै स्याङजामा ३२, तनहुँमा २७, नवलपरासीमा २९, बाग्लुङमा १२, लम्जुङमा ३, पर्वतमा २ र गोरखामा १ जना संक्रमित थपिएका छन् । सबै कन्ट्याक्ट टेसिङबाट पुष्टि हुनुभएको हो । त्यस्तै गण्डकी प्रदेशमा एक महिने शिशु सहित चार जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...