पोखरा २२का किसानले अब डोकोमा बोकेर डुलाउनुपदैन् तरकारी

कृषि उपज संकलन तथा बिक्री केन्द्रले किसान खुसी

एकराज गिरी । पोखरा, कात्तिक २१ गते । तत्कालीन पुम्दीभुम्दी गाविस अहिले पोखरा महानगरमा गाभिएको झण्डै चार वर्ष वित्न लाग्यो । गाविस गाभिएर अहिले पोखरा महानगरको २२ नम्वर वडा बनेको छ । पुम्दीभुम्दी कृषिका लागि पकेट क्षेत्र मानिन्छ । त्यहाँका किसानले उत्पादन गरेको कृषि जन्य उत्पादन पोखरा बजारसम्म ल्याउन पैदल मार्फत डेढ घण्टा लाग्छ । किसानहरुले डोकामा बोकेर पोखराको बजारमा डुलाएर बिक्री गर्नुहुन्थ्यो ।

विगतको सम्झदै पुम्दीभुम्दी स्थित लुकुमश्वाराकी अग्नीमाया बराल बिहान पाँच बजे उठेर आफनोले बारीमा उत्पादन गरेको तरकारी बजारमा बिक्री गरेर सात बजेनै घर फर्किएर अरु घरधन्दा गर्नुपथ्यो । तर अव उहाँले आफनो उत्पादन डोकोमा बोकेर बजार डुल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा घर नजिकै उपज संकलन केन्द्र तथा बिक्री केन्द्र सञ्चालनमा आएको छ ।

उक्त वडामा उत्पादन भएका कृषि जन्यबस्तु त्यही संकलन र बिक्री गर्दा किसानले आफनो उत्पादन समेत प्राप्त गर्ने भएपछि किसानहरु खुसी हुनुभएको छ । स्थानीय किसान कर्णबहादुर वि.कले महानगरले संकलन तथा बिक्री केन्द्र स्थापना गर्दिएपछि यहाँका किसानको आर्थिक जीवनस्तर उठाउन भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । किसान खेमराज बरालले किसानले उत्पादन गरेका सामाग्री बिक्री गर्न समस्या हुदै आएको बताउदै भन्नुभयो,, ‘अव किसानलाई बजार र मुल्यको समस्या हुदैन् ।’ उहाँले किसानले उत्पाद गरेका सामाग्रीहरु बाँदरले नोक्सान गरेको बताउदै बाँदर नियन्त्रण गर्दिन आग्रह गर्नुहुन्छ । ‘बाँदरले रुनुन हास्ननु बनाएका छन । हाम्रो समस्या बादर भएका छन् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...