करपुटार यात्रा 

मन्दीरा पराजुली/ लमजुड्ग जील्लामा पर्ने करपुटार महादेव मन्दीर क्षेत्र र त्यस क्षेत्रको महीमावारे धेरै सुनिरहेको भएपनि त्यहॉसम्म पुग्ने समय मिलेको थिएन । अचानक एकदीन मैले काम गर्ने अफिसको एक कार्यक्रमको सीलसीलामा लमजुड्गको भोर्लेटार जानुपर्ने भयो । भोर्लेटार जानका लागी सवै पुर्वतयारी गरेर पोखराको पृथ्वीचोकवाट वसमा चढ़ें ।
पोखरावाट दमौली पुगेपछी भोर्लेटार जाने अर्को वस चढ्नुपर्ने रहेछ । अवको वाटो पक्की सड़क नभएर व्यास ग्रामीण कच्ची सडकहुंदै जानुपर्ने रहेछ । फागुन महीनाको अन्तिमतिर भएकोले अली अली गर्मी सुरु हुन थालेको थियो । वाटोमा धुलो निकै उडीरहेको पनि थियो ।दमौली वाट मादी नदीको किनार हुदै करिव ३३ किलोमीटर यात्रा गरेपछी भोर्लेटार पुगीने रहेछ । धेरै टाढा नभएपनि ग्रामीण कच्ची सड़क भएकोले भोर्लेटार पुग्न करीव डेडघन्टा लाग्यो ।
लमजुड्गको भोर्लेटारमा पुगेपछी तेहॉ मलाई वस्नका लागी व्यवस्था गरीएको एक होटलमा वसें । भोलीपल्ट विहान त्यहॉ आयोजना गरीएको कार्यक्रममा सहभागी भएं । कार्यक्रम सकिएपछी वेलुका भोर्लेटार आसपासमा घुम्नका लागी निस्कीएं । भोर्लेटार एक सानो ग्रामीण वजार क्षेत्र रहेछ । तेहॉ स साना होटल , कीराना पसलहरु , वैंकका शाखाहरु , कपड़ा पसलहरु आदी रहेछन् । भोर्लेटार देखी पश्चिम पट्टी करपुटार महादेव मंन्दीर क्षेत्र पर्ने रहेछ । भोर्लेटार र करपुटारको विचवाट मादी नदी वहने रहेछ । संयोग नै भन्नुपर्छ मेरो कार्यक्रम भएको भोलीपल्ट महाशिवरात्री परेको थियो । शिवरात्रीको समय भएकोले मानीसहरुको चहलपहल पनि निकै देखिन्थ्यो ।
शिवरात्रीको अघील्लो दीन मैले तेहॉ शिवरात्रीमा लाग्ने मेला वारे वुझ्ने मौका पाएं । हरेक शिवरात्रीमा करपुटार महादेव मन्दीर क्षेत्रमा नीकै ठुलो मेला लाग्ने रहेछ । त्यस ठाउंमा नेपालका विभीन्न जील्लाहरुवाट ठुलो शंख्यामा भक्तजनहरु मन्दिर दर्शनका लागी आउने रहेछन् । कोही मन्दीर दर्शनका लागी त कोही व्यापार गर्ने उदेश्ले निकै टाढा वाट त्यहॉसम्म आउने रहेछन् । मादी नदीको कीनारमा रहेको निकै फराकिलो ठाउंको वीचमा महादेव मन्दीर अवस्थित रहेछ । यस मन्दीरमा शिवरात्रीका दीन पुजा आराधना गर्दा आफ्ना मनोकामना पुरा हुने जनविश्वास रहेछ । तेसैगरी संन्तान नभएका दम्पतिले यस क्षेत्रमा गई शिवरात्रीका दीन लक्षदीप प्रज्वलन गर्दा संतान प्राप्त हुन्छ भन्ने जनविश्वास पनि रहेछ ।
भोलीपल्ट विहान सवेरै मपनि करपुटार मन्दीर तर्फ लागें । तेहॉ पुग्दा ग्रामीण क्षेत्रमा वनाईने विभीन्न सामानहरु डोको , डालो , नाड्लो लगायत अन्य धेरै सामानहरु वेच्नेको पनि निकै भीड लागीरहेको थियो । कतै सुन्तला , उखु , वदाम त कतै सेलरोटी , समोसा ,जलेवि , पुरी , तरकारी जस्ता खानेकुराहरु पकाउंदै गरेका दृष्यहरु निकै रमाईलो देखिन्थ्यो । मन्दीरमा शिवको मुर्तिमा दुध तथा जल चढाउनका लागी भक्तजनहरु निकै लामो लाईन लागेर वसीरहेको देखिन्थे । कोही भक्तजनहरु लक्षदीप प्रज्वलन गर्ने तयारी गर्दै थिए त कोही भजनकृतनमा व्यस्त देखिन्थे । धार्मिक पर्यटकको लागी एक उत्कृष्ट गन्तव्य हुने यो क्षेत्र सॉच्चैनै महत्वपूर्ण क्षेत्र रहेछ ।

 

मैले पनि करपुटार मन्दीरको दर्शन वाहीरवाटै गरें र तेहॉको शिवरात्रि मेलाको रमाईलो अनुभव संगालेर पोखरा फर्कने तयारी गरें । फर्कने वेला भने दमौली तर्फवाट नभई लमजुड्को करपुटार क्षेत्रकों पश्चिम तर्फ पर्ने कास्की जील्लाको थुम्की गाविस स्थित पुलचोक भन्ने स्थानमा पोखराको वेगनास ताल वसपार्क सम्म पुग्ने वस पाईने रहेछ । मन्दीर वाट करिव आधा घन्टा पैदल हींडेपछि लमजुड्ग र कास्की जोड्ने झोलुड्गे पुल भएको स्थानमा पुगें यसैलाई पुलचोक भनिने रहेछ । तेहॉवाट वेगनास -करपुटार ग्रामीण सड़क खन्डहुंदै गुड्ने वस चढ़ें । करिव ३२ किलोमीटर यात्रा गरेपछी लेखनाथ नगरपालिकाको वेगनासताल वसपार्क पुगीने रहेछ । कास्की जील्लाका थुम्की , हंसपुर, वेगनास हुंदै लेखनाथको वेगनासताल वसपार्क पुगें र लमजुड्गको भोर्र्लेटार तथा करपुटार क्षेत्रको मिठो अनुभूति लिएर पोखराको माइक्रो वस चढेर पोखरा फर्किंए ।
यात्रा संस्मरण ः
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...