पर्यटन प्रबद्र्धन गर्न लेकसाइडदेखि मनाङसम्म साइकल यात्रा

एकराज गिरी/पोखरा, कात्तिक २२ गते । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र सुस्ताएको छ । सुस्ताएको पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्यटन क्षेत्रसंग सम्वन्धित संस्था र तीनै तहका सरकारले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेका छन् । नेपालको आर्थिक समृद्धिको आधार बनेको पर्यटन कोरोनाका कारण प्रभावित बनेको छ ।


पर्यटन व्यवसायमा परेको असरले लाखौले रोजगारी गुमाउन बाध्य छन् । त्यसैले पर्यटन क्षेत्रलाई चहलपहल बनाउन आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित केही युवा पोखरादेखि मनाङको तिलिचो तालसम्म साइकल यात्रामा निस्किनुभएको छ । पर्यटन व्यसायी समेत रहनु भएका दश जना युवाले पोखराको लेकसाइडस्थि बुम¥याङ रेष्टुरेन्टबाट शुक्रबार मनाङको तिलिचोताल सम्मको साइकल यात्रामा निस्किनुभएको हो ।


पोखराका पर्यटन व्यसायी समेत रहनु भएका धरमबहादुर लामिछानेको संयोजकत्वमा साइकल यात्रामा निस्केको टोलीलाई अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भटराईले विदाई गर्नुभयो । उहाँले साइकल यात्रासंगै आन्तरीक पर्यटन प्रवद्र्धनमा भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । पर्यटन क्षेत्रलाई चलाएमान बनाउन यस्ता गतिविधि गर्नुपर्छ उहाँले भन्नुभयो, ‘अव कोरोनाबाट डराएर घरभित्रै बस्ने हैन, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गतिविधि सञ्चालन गर्नुपर्छ ।’

साइकल यात्राका संयोजक धरमबहादुर लामिछानेले पोखराबाट मुस्ताङ हुदै मनाङ पुग्ने रुट तय गरेपनि मुस्ताङ प्रवेशमा रोक लगाइएकाले तिलिचो, मनाङको थोराङला हुदै पोखरा फर्किने बताउनुभयो । हामीले राउण्ड अन्नपूर्णको यात्रा तय गदै १२ दिनको योजना बनाएका थियौ तर मुस्ताङ प्रवेश नपाएपछि एक साताको यात्रा तय गदै मनाङ जान लागेको हौ संयोजक लामिछानेले बताउनुभयो । हाम्रो उद्देश्य आन्तरीक पर्यटन प्रबद्र्धन प्रमुख उद्देश्य हो उहाँले भन्नुभयो, ‘बाह्य पर्यटक आउने अवस्था छैन । त्यसैले आन्तरीक पर्यटक प्रवद्र्धन गर्नुपर्छ ।’उहाँहरुलाई पोखरा रेष्टुरेन्ट एण्ड बार एशोसिएन(रेवान) र पोखरा माउन्टेन बाइक एड्भेन्चरले सहयोग गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...