संजिवले गरे जन्मदिनमा अक्षयकोष र पुरस्कार घोषणा

पोखरा, २२ कार्तिक । नेपालउद्योग वाणिज्यमहासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले आफ्नो जन्मदिनको अवसरमाअक्षयकोष घोषणागर्दै उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कारको घोषणा गर्नुभएको छ ।


पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कोइरालाले २०६९ सालदेखि उद्योग वाणिज्य संघका गतिविधिमा सरिक हुँदा भत्ताबापत् प्राप्त गरेको करिब २ लाखबाट अक्षयकोष बनाउने घोषणा गर्नुभएको हो । अक्षयकोष ५ लाखको हुने पनि उहाँले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको संस्थापक अध्यक्ष रहनुभएका काकोइरालाले महासंघ गण्डकी अन्तर्गत संचालन हुने सो कोषबाट आउने व्याजबाट गण्डकी प्रदेशभित्रका उत्कृष्ट उद्योग वाणिज्य संघलाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।

‘पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यहुँदै अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षहुँदा सम्मप्राप्त गरेको भत्ता जोगाएर राखेको थिएँ’, उहाँले भन्नुभयोे,‘जन्मदिनको अवसरमा निजी क्षेत्रकै लागिकेही गरौँ भनेर पु्रस्कार घोषणा गरेको हुँ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...