पोखरा २३ बाम्दीको भलिबल मैदान उद्घाटन,खेल पूर्वाधार निर्माणले खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका ः मन्त्री विश्वकर्मा

 पोखरा, कार्तिक २२ गते ।युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले खेलकुद क्षेत्रमा पछिल्लो समय धेरै परिर्वतन आएको बताउनु भएको छ ।उहाँले देश संघीय व्यवस्थामा गएसंगै सातै प्रदेशमा खेलकुदका पूर्वाधार निर्माण भएको बताउदेै १३ औ सागले ऐतिहासीक कृतिमानी सफलता प्राप्त गरेको बताउनुभयो ।

उहाँले खेल पूर्वाधार निर्माणकै क्रममा पोखरामा देशकै ठूलो फुटबल स्टेडिम बनेको बताउदै खेल क्षेत्रमा पोखराले उल्लेख्य भुमिका खेलेको बताउनुभयो । पोखरा महानगरपालिका–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको शनिबार उदघाटन गर्दै मन्त्री विश्वकर्माले खेल पूर्वाधार निर्माणले नयाँ प्रतिभावान खेलाडी उत्पादनमा आधार तयार गरेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माणले नै खेलुकदको विकास हुने बताउदै पूर्वाधार निर्माण नहुदाँ खेलकुदको विकास सम्भब नहुने स्पष्ट पार्नुभयो ।


मन्त्री विकले ग्रामीण क्षेत्रमा बनाइएको पूर्वाधारले खेलकुदको गतिविधि बढ्ने भन्दै गाउँ गाउँबाट नयाँ खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले अहिले खेलकुद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री विकले यही पूर्वाधारको विकासले प्रतिफल पाईने स्पष्ट पार्नुभयो ।


गण्डकी प्रदेश सदस्य राजीव पहारीले खेलकुद पूर्वाधारले गाउँ ठाँउमा समेत खेलकुदको गतिविधि बढ्ने बताउनुभयो । ‘खेलकुदसँगै बाम्दीलाई कालोपत्रे सडकले छोएपछि खेलकुदको गतिविधि अझै बढ्ने छ ।’ उहाँको भनाई थियो । कार्यक्रमा राष्ट्«िय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सबैको सहयोगमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको जनाउँदै पूर्वाधार निर्माणमा अझै तिर्नुपर्ने रकम नआउँदा समस्या सृजना भएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले अत्यन्तै कठिन परिस्थितिमा समेत भलिबल कोर्ट निर्माण भएकोप्रति सबैमा आभार प्रकट गर्नुभयो ।‘गत आर्थिक वर्षमा कास्कीमा १६ योजनालाई सफलतापूर्वक कार्यान्वयन गरियो’ उहाँले भन्नुभयो–‘यसमा पनि कोरोनाको महामारीकै कठिन परिस्थितमा पनि पुरा गरिएको छ ।’

पोखरा–२३ वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले पनि भलिबल कोर्टको निर्माणले भलिबलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । एक स्थानीय तह एक खेलमैदानको नीति अनुसार मन्त्रालयले उपलब्ध गराएको ५० लाखको लागतबाट भलिबल कोर्ट निर्माण गरिएको हो । भलिबल कोर्टसहित दुवै तर्फ दर्शक प्यारापिट निर्माण गरिएको छ । आर्थिक प्रतिवेदन सुनाउँदै पार्वती अधिकारीले स्थानीयको ५ लाख ८४ हजारको श्रमदानसँगै कोर्ट निर्माण गर्न ५३ लाख ४ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

 

उद्घाटन कार्यक्रम खेल मैदान निर्माण समितिका संयोजक भीम पराजुलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मोयाथाई बक्सिङका खेलाडीहरुले डेमोस्टेसन गर्नुभएको थियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपकबहादुर गोदारले हातले नरिबल फोडनुभएको थियो भने केन्पोकाई प्रशिक्षक हरि खड्काले लठठी, लक्ष्मण कुँवरले घैटो फोडन्ु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...