कोरोनाले वदलिएको जीवनशैली

मन्दीरा पराजुली/ विश्वव्यापी रुपमा फैलिएको कोभीड १९ अहीले नेपालमा पनि व्यापक फैलिरहेको छ । यही महामारीका कारण अहीले निकै सकृय जीवनशैली अपनाईरहने व्यक्तित्वहरु पनि घरमै वसीरहेको अवस्था छ । यसको असर नेपाली विषयमा स्नातकोत्तर गर्नुभएकी तथा नविन उच्च मा वि की शिक्षक टीका भन्डारी न्यौपाने लाई पनि उत्तिकै परिरहेको उहॉको अनुभव छ ।

कोभीड महामारी आउनु भन्दा पहीले वहॉको दैनिकी निकै व्यस्त थियो । वहॉ भन्नुहुन्छ विहान ५ वजे उठेर घरको सरसफाई तथा अपार्टमेन्टमा वस्ने पर्यटकका लागी विहान नास्ता ,खाना बनाउंदै लाउन्ड्रीको काम पनि गर्दै खाना खाएर ९ः३० वजे स्कुल जाने गर्थें । वेलुका ४ वजे घर फर्केपछी फेरी उही घरको काममा व्यस्त हुन्थे । मेरो दैनिकी व्यस्त भएरै वितिरहेको थियो तर , अहीले कोरोना महामारीको कारण फुर्सदीलो भएर दीनभर घर वस्नु परेको छ ।

पोखराको लेकसाईडमा स्थाई वसोवास हुनुभएकी वहॉ, शिक्षण पेशाको अलवा आफ्नै व्यावसायमा पनि उत्तिकै सकृय हुनुहुन्थ्यो । वहॉको घरमा आफैले संचालन गरेको पर्यटक अपार्टमेंन्ट तथा लाउन्ड्री सर्भीस छ । विहान र वेलुका अपार्टमेन्ट र लाउन्ड्री सर्भीस समाल्दै दीउंसो स्कुलमा पढाउन जाने वहॉको दैनिकी हो । वहॉका श्रीमान माधव न्यौपाने पनि पोखराको पृथ्वी नारायण क्याम्पसमा कानुन संकायमा अध्यापन , जर्मन एम्वेसीका कानुन कन्सल्टेन्ट तथा आफ्नै कानुन विषय अध्ययापन गराउने संस्था नेशनल क्रियसन एकेडेमी पोखराका संस्थापक पनि हुनुहुन्छ ।

यतीवेला यी दुवै दम्पति आफ्नो नियमित व्यस्त समयतालिका भन्दा फरक भएर घरमै वस्नुपरेको अवस्था छ । अहीले स्कुल , कलेज तथा व्यवसाय सवै वन्द भएको कारण घरमै वसिरहंदा निस्कृय हुनुपरेको वहॉहरुको अनुभव छ ।कोभीड भन्दा अगाडी न्यौपाने दम्पतिले संचालन गरेको अपार्टमेन्ट पर्टकहरुले भरिएका थिए तर , अहीले माहौल फरक भयो । वाह्य तथा आन्तरीक पर्यटकको चहलपहल नहुंदा वहॉहरुको आफ्नो घर र वरपर सवै सुनसान भएको छ ।

वौद्दीक तथा शारीरिक दुवै हिसावले निस्कृय हुनुपर्दा पट्यारलाग्दो स्थिति हुने भएकोले न्यौपाने दम्पति यतीवेला आफ्नो घरको वरपर भएको ख़ाली जग्गा तथा घरको कौसी खेतिमा संम्लग्न हुनुभयको छ । पहीले व्यस्त समयमा खेती गर्ने समय नपुग्ने हुंदा हरेक तरकारी किनेर खानुपर्थ्यौ तर , अहीले आफ्नै घरमा सवै तरकारी फलाएका छौं खासै तरकारी वजारवाट किनेर ल्याउन पर्दैन भन्नुहुन्छ । किनेर ल्याएको विषादीयुक्त तरकारी भन्दा आफ्नै घरको अर्गानीक तरकारी खॉदा स्वास्थ्य पनि राम्रो हुने र शारीरिक रुपमा आफुपनि सकृय हुने वहॉहरुको अनुभव छ ।

घरको कामसंगै उहाँहरु शारीरिक तथा मानसिक रुपले स्वस्थ र सकृय हुनकालागी पोखरा आसपासका प्राकृतिक मनोरम दृश्य अवलोकन गर्नका लागी कहीले टेर्कीड् , कहीले हाईकीड्ग र कहीले प्यारागाल्इडींको मज्जा पनि लिएको बताउनुहुन्छ ।यसवाट वाह्य पर्यटक आउने सम्भावना नभएको यस विषम परिस्थितिमा आन्तरिक पर्यटकको चहलपहलले साना साना व्यवसायीहरुलाई पनि लाभ पुगेको वहॉहरुको वुझाई छ ।महामारीको यस कठिन परिस्थितिमा हरेक व्यतिहरु सजग रहंदै आफ्नो दैनिकी फरक तरिकाले अगाडी वढाउनु आवश्यक भएको उहॉहरुको ठम्म्याई छ ।

लेखक पराजुली हाल जापान हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...