‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु

पोखरा,कात्तिक २३ गते । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले चालकसंग एक मिनेट कार्यक्रम सञ्चालन गरेको छ । सडकमा सवारीसाधनको संख्या बृद्धि भएसंगै सवारी दुर्घटना बढन सक्ने सम्भवानालार्ई मध्यनजगर गरेर कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

बिश्व महामारीको रुपमा फैलिई रहेको कोरोना भाईरस नियन्त्रणका लागी नेपाल सरकारले जारी गरेको बन्दाबन्दी खुकुलो भए पश्चात सडकमा सवारी साधनको संख्या बृद्धि भएसँगै सवारी दुर्घटना समेत बढ्न सक्ने संभावनालाई मध्यनजर राखि सम्भावित सवारी दुर्घटना न्युनिकरणको लागी गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा संचालन हुने गरि आइतबारबाट पहिलो चरणमा एक महिनाका लागि दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम”संचालनमा ल्याएको प्रहरी निरिक्षक एवं प्रवत्ता मनोजकुमार शाहीले बताउनुभयो ।

कार्यक्रम अन्तरगत सडकमा खटिने ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्ने र सावरी चालकलाई सम्मानपुर्वक नमस्कार गर्नेछन् उहाँले भन्नुभयो, ‘त्यसपछी कोरोना भाईरसबाट बच्नका लागी सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मोटरसाइकल र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरि सवारी साधन नचलाऔँ र तिब्र गतिमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामुलक सन्देश दिन्छन र तपाईको यात्रा सुरक्षित रहोस नमस्कार गरेर एक मिनेट भित्र बिदा गर्नेछन् ।’

 

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्ठहरुले एकै पटक कार्यक्रम शुरु गरिएको छ । कार्यक्रमलाई पहिलो चरणमा एक महिना सम्म संचालन गरिने जनाइएको छ । कोरोना संक्रमणबाट बच्ने बचाउने र सवारी चालकको लापरवाहीबाट हुने दुर्घटनामा न्युनिकरण होस भन्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको सुचना अधिकारी प्रहरी निरिक्षक शाहीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...