तरकारी खेती गर्ने बढे, एउटै वडाबाट ६० हजार विरुवा बिक्री

पोखरा, कात्तिक २५ गते । कृषिमा महानगरलाई आत्मनिर्भर बनाउने योजना सहित पोखरा महानगरपालिकाले सामुदायिक नर्सर्री स्थापना गरेको छ । पोखरा महानगरले वडा कार्यालयभित्रै नर्सरी स्थापना गरी सस्तो मुल्यमा, गुणस्तरीय बेर्ना बिक्री गर्ने योजना सहित सामुदायिक नर्सरीको अवधारणा ल्याएको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । पोखरा महानगरले साउनमा पोखरा वडा नम्वर २९ को परिषरमा नर्सरी स्थापना ग¥यो । उक्त नर्सरीबाट ६० हजार विभिन्न प्रकारका विरुवा बिक्री गरिएको छ । काउली, ब्रोकाउली, बन्दा, साग र फुलका विरुवा विक्री भएको हो ।

महानगर कृषि शाखाको आर्थिक सहयोगमा वडा कृषि संयोजल मार्फत ब्यबस्थापन गर्ने गरी सञ्चालन गरिएको नर्सरीबाट २ हजार भन्दा बढी किसानले ६० हजार बिरुवा लगेको बताउनुभयो ट्रेमा जमाएको बिरुवा छोटो तयार हुने र किसानले रोप्दा कम मर्ने र सस्तोमा बिरुवा उपलब्ध भएकाले स्थानिय माग पु¥याउन गाह्रो भएको कृषि सञ्जाल पोखरा २९ का अध्यक्ष होमनाथ पौडेलले बताउनुभयो । ‘शुरुमा ट्रेमा बिरुवा हुर्काउन समस्या देखिएकोमा अहिले बिरुवा हुर्कदै गरेको देख्दा खुसी लाग्यो,यसबाट साना किसान लाभान्वित भएका छन् ।’

 

कोरोना भाइसरको संक्रमणले देशमा भएको लकडाउन कारण कृषिमा आकर्षण बढेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । घरको छत देखि खाली रहेको जग्गामा तरकारी खेती गर्ने क्रमम आठ महिना यता बढेको छ उहाँले भन्नुभयो, घरमा खाने तरकारी आफनै बारीमा फलाउने हो भने तरकारी आयात कम गर्नसकिन्छ ।

 

कौशीखेतीबाट मात्रै मासिक ५० करोडको तरकारी उत्पादन गर्न सकिने पोखरा महानगर कृषि महाशाखाले जनाएको छ । पोखरा महानपालिका कृषि महाशाखाका प्रमुख कडरियाले पोखरा महानगरका करिब १ लाख ५० हजार घरमा कौशी खेती गर्दा मासिक करिब ५० करोड सम्मको तरकारी फलाउन सकिने दावी गर्नुभयो ।

 

घरबाट निस्कने कुहिने फोहोरलाई मल बनाएर कौशी खेती गर्न सकिने उहाँको भनाइ छ । ‘तरकारी उत्पादनमा मल विउ ब्यवस्थापन गर्ने हो भने छिटो र राम्रो उत्पादन हुन्छ उहाँले भन्नुभयो बारीमा भन्दा कौसीमा राम्रो र छिटो फलेको छ ।’घरमा त्यत्तिकै बस्नुभन्दा बाँझो जग्गामा तरकारी लगाउनेहरु बढेका छन् उहाँले भन्नुभयो, वडामा नर्सरी निर्माणका लागि २ लाख ४० हजार रुपियाँ खर्च महानगरले व्यहोरेको छ । उहाँका अनुसार तरकारीका बेना तीन रुपैयाँ र सत्रपत्री फुलका बेर्ना २० रुपैयाँमा विक्री गरिएको छ । बाहिर पैशा गएको छ, त्यसैले विरुवा आफैले उत्पादन गरेर वडामा विक्री गर्दा आर्यमा बृद्धि हुने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...