कोरोनाले नबौ राष्ट्रिय खेलकुद अन्यौलमा

पोखरा, कात्तिक २५ गते । गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्यौलमा परेको छ । फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशले खेलकुद गर्ने गरी आठौको समापनमा झण्डा बोकेको भएपनि प्रतियोगिता आउन चार महिना मात्रै बाँकी रहदा अन्यौलता छाएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण खेलकुद प्रतियोगिता हुने नहुने अन्यौलमा परेको हो । गत वर्ष चैत ११ गते गरेको देश व्यापी लकडाउनका कारण बन्द खेल गतिविधि अझै सुचारु भएका छैनन् ।

प्रतियोगिताका लागि देशभरबाट खेलाडी छनोट र प्रशिक्षण लगायत अन्य तयारी गर्नुपर्ने बेला भएपनि सरकारले भिडभाड नगर्न र भौतिक दुरी कायम गर्न आग्रह गरिरहेको छ । त्यसैले नवौ खेलकुद निर्धारित सयममा हुनेमा अन्यौलता छाएको छ । खेल हुने बारेमा अन्यौलता रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलावल बताउनुहुन्छ ।

सिलवालले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरसको महामहारी बाहेक अन्य कुनै कारणले नसर्ने बताउनु भएको छ । नयाँ खेलकुद ऐन अन्र्तगत परिषद्को सदस्यसचिवमा नियूक्त भएपछि पहिलो पटक पोखरा आउनु भएका सिलवालको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘महामारीका कारण स¥यो भने मात्रै नत्र तोकिएकै मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ ।’

 

उहाँले भौतिक पूर्वाधारका कारण नवौ खेलकुद नहुने अवस्था छैन भन्दै तीन महिनामा १३ औ साग सम्पन्न भयो चार महिनामा राष्ट्रिय खेलकुद नहुने भन्ने छैन भन्नुभयो । पोखरामा स्वीमिङ पुल बन्न नसकेपछि त्यसको विकल्प रहेको बताउदै भन्नुभयो, सुटिङ खेल काठमाडौमा गरेर अरु गण्डकी प्रदेशमा गर्नसकिन्छ ।

नवौ राष्ट्रिय खेलकुदलाई विगतका प्रतियोगिता भन्दा भब्य बनाउने बताउदै उहाँले भन्नुभयो, गण्डकी प्रदेशका ११ जिल्लालाई न्यूनतम एक खेल आयोजना गर्ने अवसर प्रदान गरिने बताउनुभयो । ‘सवै जिल्लाले राष्ट्रिय खेलमा आपनत्व गर्न पाउने गरी एक जिल्ला एक खेल आयोजना गछौ ।’ सदस्यसचिव सिलवालले खेलकुदले माहोल सृजना गर्नसक्नुपर्छ उहाँले भन्नुभयो, देर्शक विनाको खेलको अर्थ नहुने बताउनुभयो । दर्शक विनाको खेलकुद नुन विनाको तरकारी जस्तो हुने बताउदै उहाँले राष्ट्रिय खेलकुदले महोल सृजना गर्ने गरी महोत्सवका रुपमा गर्ने योजना बनाएका छौ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...