शान्तिघाटमा शब जलाउन ४५ दिन रोक

पोखरा, कात्तिक २५ गते । कोरोना भाइरस संक्रमणसंगै पोखराको शान्ति घाटमा शव जलाउन बन्द गरिएको छ । स्थानीयबासीको विरोध भएपछि पोखरा महानगरपालिका वडा नवम्वर ९ स्थित शान्ति घाटमा शव जलाउन ४५ दिनलाई रोक लगाइएको  हो ।

शान्ति घाटमा एभेरष्ट बैंकले बनाएको आधुनिक शवदाह गृहमा शव धेरै आएको त्यहाँ शव पोल्दा धुवा र गन्ध आएको भन्दै विरोध जनाएपछि बन्द गरिएको पोखरा वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछानेले बताउनुभयो ।

 

एभेरष्ट बैंकलाई गन्ध नआउने गरी त्यसको मर्मत गर्नका लागि शवदागृह हाल बन्द गर्ने निर्णभएको उहाँले बताउनुभयो । पहिला त्यहाँ ल्याउन मान्थेनन् अहिले कोरोनाले त्यहाँ शव आउन थालेपछि गन्ध र धुवा आएकाले स्थानीयले बिरोध गरेका थिए । शान्ति घाट क्षेत्र विकास समितिको मंगलबार विहान बसेको बैंठकले ४५ दिन बन्द गर्ने निर्णय गरेको हो ।

 

निर्माणकै बेला शान्तिघाट छेउका केही स्थानीयले त्यस्तै प्रतिकूल असर गर्ने सम्भावना देखिएको भन्दै शवदाह गृह निर्माणको काममा झन्डै डेढ महिनासम्म अवरोध समेत गरेका थिए । शान्तिवन बाटिका ओरालो लाग्ने सिँढी छेउकै भिरालो जमिनमा शवदाह गृह निर्माण गरिएको छ । एकपटकमा एउटा शव जलाउन मिल्छ । एउटा शव पूर्णरुपमा नस्ट हुन कम्तीमा ४५ मिनेटदेखि १ घन्टा लाग्ने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...