गण्डकीमा कोरोनाबाट एकको मृत्यु, मंगलबार १६५ थपिए

पोखरा, कात्तिक २५ गते । गण्डकीमा संक्रमणबाट एकजनाको मत्यु भएको छ ।

तनहुँ भिमाद नगरपालिका–९ का ६३ वषीय पुरुषको संक्रमणले मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उहाँलाई कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकीमा मृत्यु हुनेको संख्या ११२ पुगेको छ । त्यस्तै गण्डकीमा मंगलबार १६५ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...