स्याङजाको खेलकुद बिकासमा बजेट दिन कन्जुस्यायी हुदैन् ः सदस्य सचिब सिलवाल

अर्जुन काफ्ले । स्याङजा, कार्तिक २५ गते । पुतलीबजार नगरपालिका ९ मा कोल्मामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल र सदस्य राजेश गुरुङ्लाई स्वागत, अभिनन्दन गरिएको छ । कोल्मा फुटबल स्टेडियम निर्माण समितिले सदस्य सचिब सिलवाल र सदस्य गुरुङ्ले स्टेडियम बनाउन गरेको योगदानको उच्च कदर गर्दै नब नियुक्त सिलवाल र सदस्यलाई स्वागत तथा अभिनन्दन गरेको हो ।

कोल्मा निवासी परिषद सदस्य गुरुङ्को पहलमा कोल्मा स्टेडियम निर्माणमा परिषदले आठ लाख प्रदान गरेको निर्माण समितिका सचिब मनबहादुर थापाले बताउनुभयो । निर्माण समितिले गरेको स्वागत, अभिनन्दन तथा बधाई कार्यक्रममासदस्य सचिब सिलवालले नवौ राष्ट्रिय खेलकुद प्रतियोगतालाई पोखराबाट बिकेन्द्रित गरेर स्याङ्जामा केहि खेल खेलाउने प्रतिबद्धता गर्नुभयो । कोरोनाका कारण नवौ राष्ट्रिय खेल अन्यौलमा रहेपनि पोखरामा खेल खेलाउदाँ स्याङ्जा नछट्ने बताउनुभयो ।

 

खेलकुदको मुख्य नगरीको रुपमा परिचित पोखरासगै जोडिएको स्याङ्जालाई कर्मचारीमा सफल जस्तै खेलकुदमा समेत सफल जिल्ला बनाउन सहयोग गर्ने बताउनुभयो । स्याङ्जाको खेलकुद बिकासमा बजेट बिनियोजन गर्न कुनै कन्जुसाई नगर्ने बताउदै सिलवालले कोल्मा ढिलो चाडो फुटबल मात्र नभई सबै खेलकुद खेलाउन मिल्ने स्टेडियम बन्ने बताउनुभयो ।

कार्यक्रममा खेलकुद परिषद सदस्य गुरुङ्ले जन्मथलो जिल्ला भन्दा बाहिर रहेपनि खेलकुदको बिकासमा अहोरात्र खटिने बताउनुभयो । कार्यक्रममा गुरुङ्ले आफु पढेको कोल्मा बराहचौर माबिमा रकम सिहँ गुरुङ र आमा गौमायाँ गुरुङको नामको अक्षयकोषमा एक लाख थप गर्नु भएको थियो । यसअघि अक्षयकोषमा ५० हजार रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...