गण्डकी सरकारको ९ करोड ७८ लाख लगानीमा मुस्ताङचोकदेखि जिरोकिमीसम्म अस्फाल्ट पीच सुरु

पोखराका मुख्य सडक बलियो र टिकाउन बनाउन नयाँ प्रविधिको प्रयोग गरिएको छ । महंगो र अमेरिकी प्रविधिको अस्फाल्ट प्रविधिबाट पोखराका मुख्य सडकहरु पीच गरिएको हो । पोखरा महानगरले पोखराको चिप्लेढुंगादेखि सभागृहचोकसम्म अस्फाल्ट पीच गरेको छ । न्यूरोडमा काम सकिए लगत्तै प्रदेश सरकारको लगानीमा पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडका सडकहरु पनि अस्फाल्ट पीच हुने भएका छन् । पोखराको मुस्ताङचोकबाट काम सुरु भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधामन्त्री रामशरण बस्नेत र गण्डकी प्रदेश सांसद राजीब पहारीले संयूक्त रुपमा शुभारम्भ गर्नुभयो । मुस्ताङचोक, शहिदचोक, हल्लनचोक हुँदै जिरो कि.मी.सम्मको ५१५० मिटर लम्बाई सडक अमेरिकन प्रबिधिको अस्फाल्ट पीच गरिने छ । पोखरामा धेरै पानी पर्ने र खाल्टाखुल्टी पर्ने भएकाले सडकलाई बलियो, टिकाउ र चिल्ला बनाउन नयाँ प्रविधिको प्रयोग गरिएको हो । उक्त सडक अस्फाल्ट पीचक लागि ९ करोड ७८ लाख १३हजार ६ सय ६७ रुपैयाँमा ठेक्का सम्झौता गरि काम सुरु गरिएको हो ।

मन्त्री बस्नेतले अब आलोचना आउने गरी काम नगर्न आग्रह गर्नुभयो । राम्रो बनाउनुस उहाँले भन्नुभयो, विगतका कामहरु झारा टार्ने खालका भए । अव गुणस्तरीय निर्माण गर्न आग्रह गर्नुभयो । अनुगमन गरेर खबर गर्न आग्रह समेत गर्नुभयो ।उहाँले विकासका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सांसद राजीब पहारीले अस्फाल्ट पीच बनाउन धेरै समय नलाग्ने बताउदै उहाँले एक महिनाभित्र बाटो सम्पन्न हुने बताउनुभयो । सबैले बाटो निर्माण गर्न सहयोग गर्न आग्रह समेत गर्नुभयो । बिकासको लहर आएको बताउदै लेकसाईडमा ७० लाखमा फुुडट्यक बन्ने बताउदै पर्यटकीय क्षेत्रको सौन्दर्यकरणको गरिने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...