सडक निर्माणमा गुनासो आएपछि कार्यपालिका सदस्य र प्राविधि सहित उपप्रमुख गुरुङ अनुगमनमा

पोखरा, कात्तिक २६ गते । पोखरा महानगरपालिकाको लागतमा निर्माण भैरहेका सडकहरुको मंगलबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले अनुगमन गर्नुभएको छ । पोखरा १६ महेन्द्र गुफा अर्मलाकोट, आटिघर मौजा र खपौदी, पामे सडकको अनुगमन गर्नुभएको छ ।

ती सडकहरु गुणस्तरहिन भएको गुनासो आएपछि उपप्रमुख गुरुङ महानगरका इन्जिनियर र जनप्रतिनिधि सहित अनुगमनमा जानुभएको हो । खपौदी पामे सडक अहिले पीच भैरहेको छ । पीच गुणस्तरहिन भएको गुनासो सामाजिक सञ्जालमा नागरिकस्तरबाट भएपनि अनुगमन गरिएको हो । माटोमा पीच गरिएको भन्दै स्थानीहरुले अनुगमन गर्न आग्रह गदै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका थिए । उक्त कुरा जानकारी पाएपछि उपप्रमुख गुरुङ आफनै प्राविधिक लिएर अनुगमना जानुभएको हो ।

उपप्रमुख योजना अनुगमन समितिको संयोजक रहने व्यवस्था रहेको छ । अनुगमनमा महानगरका कार्यपालिका सदस्यद्धय राधिका शाही योगी, ओम गौचन, बरिस्ठ इन्जिनियर शारदा मोहन काफ्ले, जिल्ला समन्वय समिति सदस्य गुमादेवी अधिकारी गौतम, इन्जिनियर लक्ष्मी गौतम र नेत्र तिमिल्सिना सहित उपप्रमुख गुरुङ अनुगमनमा जानुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...