सङ्क्रमित दुई लाख नाघ्यो,मृत्यु हुनेको संख्या एक हजार १७४

काठमाडौं, कात्तिक २६ गते । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ५६९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ । पछिल्लो एक महिनामा सङ्क्रमितको संख्या दोब्बर भएको छ । यसअघि असोज २३ गते नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ६६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६२ हजार २४३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशैभरि ३८ हजार ९१२ जना सङ्क्रमित आइसोलेशनमा छन् । मन्त्रालयले हालसम्म पन्ध्र लाख ७४ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।

मन्त्रालयले आफ्नो प्रेस ब्रिफिङ्गको क्रममा चौबीस घण्टामा देशभरि दुई हजार ५६९ जना सङ्क्रमित थपिएको जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले हाल नेपालमा ३८ हजार ९१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।पछिल्लो चौबीस घण्टामा २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...