रुपा गाँउपालिकाका एक पुरुषको मृत्यु, गण्डकीमा बुधबार नयाँ १८२ संक्रमित थपिए

पोखरा, कात्तिक २६ गते । गण्डकीमा बुधबार एकजनाको मृत्यु भएको छ भने नयाँ १८२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार साँझ जारी गरेको अन्तिम विवरण अनुसार रुपा गाँउपालिका ५ का ७२ वषीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बुधबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको निर्देनालयले जनाएको छ। उहाँमा कात्तिक २२ गते कोरोना सक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।गण्डकीमा ८४८ को परिक्षण गरिएकोमा ७६६ जनाको नेगेटिभ आएको छ भने ५ जना कोरोना मुत्तः भएका छन् ।गण्डकीमा १७६६ ओम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...