ढुङगा प्रहार गरि साथिको हत्या गरेको अभियोगमा पक्राउ

पोखरा,कात्तिक २७ गते । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले ढूङगाले टाउकोमा प्रहार गरि आफ्नै साथिको हत्या गरि फरार रहेका एक जनालाई यहि कार्तिक २५ गते पक्राउ गरि कानुनी दायरमा ल्याउन सफल भएको छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर भई पोखराका विभिन्न स्थानहरुमा कवाडी संकलन गर्ने काम गर्दै आएका २३ वर्षिय प्रेम भन्ने नन्दलाल श्रेष्ठ रहेका छन् । निज श्रेष्ठले यहि कार्तिक २२ गते पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क स्थित प्रतिक्षालयमा रहेका आफ्ना साथी दाङ जिल्लाको घोराही शहर घर बताउने अन्दाजी वर्ष २५ का कृष्ण चौधरी भएको स्थानमा खाना खान भनि गएकोमा सामान्य विवाद पश्चात ढुङगाले टाउकोमा प्रहार गरि निज चौधरीलाई गम्भिर घाइते बनाएका थिए ।

घटनाका विषयमा खबर प्राप्त हुनासाथ तत्कालै घटनास्तलमा प्रहरी टोली खटिई घाइतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका श्रेष्ठलाई खोजतलाश गर्ने क्रममा यहि कार्तिक २५ गते तनहुँ जिल्लाको आबुखैरेनी नगरपालिका-२ मार्क्यु सडक खण्डमा काठमाण्डौं जाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनास्थलमा प्रहरीले रगत लागेको ढुङगा र रगत लागेको सेतो सर्ट समेत फेला पारेको थियो । पक्राउ परेका उनिमाथी मुद्दा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...