पहिलो पटक जेठोबुढो धानको मुल्य निर्धारण

प्रतिक्विन्टल ९ हजार, महानगरले लोगो राखेर प्रवद्र्धन गर्ने

एकराज गिरी ।पोखरा, कात्तिक २६ गते । पोखरेली जेठोबुढो धानको पहिलोपटक न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको उपस्थितिमा भएको बैठकले धानको मुल्य तोकेको हो ।बैठकमा पोखरा उद्योग बाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि, गण्डकी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र कास्की, बिउबिजन प्रयोगशाला र जेठोबुढो धान खेती गर्ने किसानहरुको सहभागीतामा धानको मुल्य निर्धारण गरिएको हो ।

तस्विर ः मनहर कडरिया ।

संघीय सरकारले केन्द्रीयस्तरमा बर्सेनि मध्यम र मोटा धानको मूल्य तोक्ने गरेको भएपनि देश संघीय संरचनामा गएपछि स्थानीय सरकार पोखरा महानगरले धानको मुल्य तोेकेको छ ।बैठकले पोखरेली जेठोबुढो धानको न्यूनतम समर्थन मुल्य प्रतिक्विन्टल ९ हजार रुपैयाँ तोकेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । सामान्यतया १ क्विन्टलमा २ मुरी हुने भएकाले किसानले १ मुरी धानको कम्तीमा ४ हजार ५ सय रुपैयाँ पाउनेछन् । प्रति इकाई लागतका आधारमा यो मूल्य तोकिएको कडरियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो न्यूनतम मूल्य हो । तर किसानले बढि वा कममा किन बेच गर्न सक्नछन् ।’ टाठाबाटा किसानले प्रतिमुरी ५ हजारदेखि ५५ सयसम्म पनि पार्ने गरेका छन् । अहिले धान खेतीमा लागत बढ्दै गएकाले किसानलाई खासै फाइदा छैन । प्रतिमुरी उत्पादन लागत ३ हजार ८ सय रुपैयाँसम्म परेको कडरियाले बताउनुभयो । पोखरामा जेढोबुढो धान लोप हुदै गएकाले यसको संरक्षणका लागि पनि मुल्य निर्धारण गरिएको महानगर प्रमुख जिसीले बताउनुभयो ।

 

पोखराका फाँटमा घर बन्न थाले यो धान पोखराको पहिचान बनेको छ उहाँले भन्नुभयो, ‘जेढोबुढो धान जोगाउन किसानलाई प्रोत्साहन गर्नपर्छ भनेर मुल्य निर्धारण गरिएको हो । यसलाई पोखरा महानगरले ब्राण्डिङ गरेर जाने योजना समेत बताएको छ ।’ प्रमुख जिसीले ठेढोबुढो भनेर अरु चामल बिक्री गरेर ग्राहक ठग्ने काम भैरहेको बताउदै महानगरले आफनो लोगो लगाएर ब्राण्डिङ गरेर जाने बताउनुभयो ।‘यो वर्ष मुल्य निर्धारण ग¥यौ अर्को वर्ष हाम्रो लोगो लगाएर ब्राण्डिङ गछौ ।’ जेठोबुढो धान नबिकेर भन्दा पनि यसलाई पोखराको ब्राण्डको रुपमा यहाँ आउनेले कोसेली स्वरुप किनेर लैजाने वातावरण सृजना गरौ भन्ने मान्यताले मुल्य निधारण गरिएको प्रमुख जिसीले बताउनुभयो ।

पोखरा महानगरपालिकाले जेठोबुढो धान प्रवद्र्धनकै लागि गएको वर्ष धान उत्पादक किसानलाई आर्थिक सहयोग गरेको थियो ।कम्तीमा ५ रोपनी क्षेत्रमा सुधारिएको जेठोबुढो धान खेती गर्ने किसानलाई आर्थिक सहयोग गरेको हो । जेठोबुढो स्थानीय रैथाने धान स्वादिलो भएकोे, धेरै माग, दिगो उत्पादन हुने र यहाँको हावापानी सुहाउँदो भएकाले जेठोबुढो प्रवद्र्धनमा महानगरले चासो देखाएको उहाँको भनाई छ । समर्थन मूल्य तोकिएपछि किसानको धान नबिकेमा महानगर आफैले किन्नुपर्छ । पोखराको हकमा सहकारी संस्थाहरु धान किन्न तयार भइसकेको कृषि महाशाखा प्रमुख कडरियाले बताउनुभयो ।कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखराभित्र ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

 

त्योमध्ये ४० प्रतिशत खेतमा जेठोबुढो धान लगाइन्छ । अरु धानभन्दा जेठोबुढोको उत्पादकत्व भने कम छ । सामान्य धान ८÷९ मुरी फल्ने ठाउँमा जेठोबुढो ३÷४ मुरी मात्र फलछ । जेठोबुढो धान पाक्न पूरै ६ महिना लाग्छ ।पोखराको फेवा, बिरुवा, पामे, ठूलाखेत, कुँडहर, अर्मला, आर्बा, अर्घौं, खास्टे, सिसुवा, लगायत फाँटमा जेठोबुढो धान हुन्छ ।यी फाँटमा फल्ने जेठोबुढोका ३ सय ३८ मध्येबाट हावापानी सुुहाउँदो लिबर्डले ६ वटा जात निर्धारण गरेको छ । लिबर्डकै सिफारिसका आधारमा ‘पोखरेली जेठोबुढोधान’ को नाममा २०६३ सालमा नेपाल सरकारबाट पोखरा आसपासका क्षेत्रमा सिफारिस गरिएको हो ।यो धान पोखरा आसपास चिसो पानी लाग्ने ६ सय देखि ९ सय मिटरसम्ममा फल्ने अनुसन्धानले देखाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...