कौसी खेतीलाई प्रवद्र्धन गदै पोखरा महानगरपालिका

सीतलनगर आमा समुहलाई कम्पोष्ट बिन हस्तान्तरण

पोखरा, कात्तिक २७ गते । नेपालका अधिकांश खेतबारी बाँझै छन् । शहरका खेती योग्य जमिनमा क्रंकिटका घर ठडिएका छन् । तीनै घरका छतमा यतिबेला घिरौला, करेला, लौका, कागती फलेका छन् । खेती योग्य जमिनमा घर नबाएर भाडाले पैशा पाएपनि अर्गानिक तरकारी खान पैशाले पाइदैन् ।

त्यसैले पछिल्लो समय पोखरामा कौसी खेती गर्नेहरुको संख्या बढेको छ । पोखरा महानगरपालिकाले पनि कौशी खेती गर्न प्रोत्साहन गदै आएको छ । कौसी खेतीसंगै घरबाट उत्पादन हुने ८० प्रतिशत फोहोर व्यवस्थापन भएको र ६० प्रतिशत तरकारी उत्पादन भएको बताइएको छ । पोखरा महानगरपालिक कृषि महाशाखाले कौशी खेतीका लागि पोखरा महानगरपालिका वडा नम्वर १४ स्थित सितलनगर आमा समुहलाई कम्पोष्ट बिन सहयोग गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले सरकारले लकडाउन गरेकै समयमा दुई भर्चुअअल तालिम लिएर आमा समुहका सदस्यहरुले कौसी खेती गर्ने जाँगर देखाएपछि बिन वितरण गरिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । करेसावारि तथा कौशी खेती तथा दैनिक घरबाट निस्कने कुहिने फोहर ब्यबस्थापन गरि मल बनाउने प्रबिधी बारे २ महिना अघि जुम बाट तालिम सन्चालन भएको थियो उहाँले भन्नुभयो, अहिले बिन वितरण गरेका छौ । टोलमा अभियानको रुपमा शुरु गर्ने गरि महानगरले कौशी खेती प्रबद्र्धन कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा ५० थान कम्पोस्ट बिन सहयोग गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...