अन्तर्राष्ट्रिय सीमा नाका मङ्सिर ३० गते मध्यरातसम्म बन्द

पोखरा, कात्तिक २८ गते ।सरकारले नेपालको अन्तर्राष्ट्रिय सिमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमनमाथि लगाउँदै आएको रोकलाई २०७७ मङ्सिर ३० गते मङ्गलबार मध्यरातसम्म थप गरेको छ ।

 

स्थल मार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश बिन्दुबाट आवतजावत र मालसामानको ढुवानी व्यवस्थालाई भने यथावत् राखेको छ । खेलकुदका प्रशिक्षण सञ्चालन हुने सरकारले स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरू पालना गरी ओलम्पिक खेललगायत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका प्रशिक्षण सञ्चालन गर्न अनुमति दिएको छ । ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुचारु गर्न एवं फुटबल, क्रिकेट लगायतका खेलको अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन मैत्रीपूर्ण खेलहरू आयोजना गर्न खुला गरिएको छ ।

 

गित रहेका फुटबलका डिभिजनका खेलहरू सञ्चालन गर्न आवश्यक तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न र विभिन्न खेल सङ्घका गतिविधि सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...