१२ स्थानमा औद्योगिक ग्राम घोषणा

पोखरा, कात्तिक २८ गते ।सरकारले देशका विभिन्न १२ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । प्रवक्ता गुरुङलका अनुसार प्रदेश १ को उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–५, बेलका नगरपालिका–५ र तेह्रथुमजिल्लाको म्याङलुङ गाउँपालिकाको वडा नम्बर १ र १० ओख्रेटोलमा औद्योगिक ग्राम स्थापना गरिनेछ ।

 

त्यस्तै बागमती प्रदेशको नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१० शुभघाट, कर्णाली प्रदेशको जाजरकोट जिल्लाको शिवालय गाउँपालिका–तिमिलेपाखा, सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका–११, चौकुने गाउँपालिका–५ मा समेत औद्योगिक ग्राम स्थापना गरिने भएको छ ।

 

यसैगरी गण्डकी प्रदेशको स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–५, तनहुँ जिल्लाको भानु नगरपालिका–३, नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको बौदीकाली गाउँपालिका–२, मनाङ जिल्लाको चामे गाउँपालिका–४ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ मा औद्योगिक ग्राम स्थापना गरिने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...