फूलमा भविष्य खोज्दै युवा, खण्डहर जमिनमा फुलाए ट्रिपल फाइव सयपत्री

एकराज गिरी÷ पोखरा, कात्तिक २८ गते ।कोरोना भाइरसले देशमा लकडाउन भयो । कृषि क्याम्पस चितवनमा पढदै गरेका तीन वा त्यही लकडाउनमा घर फर्के ।घरमा बस्ने बाहेक अरु काम भएन् । कृषि क्याम्पसमासंगै पढेका तीन युवा जगदीश नाथ योगि, सन्तोष अधिकारी बिशालर अधिकारी फूल खेती गर्ने निधो गरे ।

उनीहरुले कुटोकोदालो कृषि फर्म दर्ता गरे । पोखरा महानगरपालिका २८ मा बषौदेखि बाँझो पाँच रोपनी जग्गामा फूल खेती सुरु गरे । खण्डहर जग्गामा अहिले ट्रिपल फाइव अरेन्ज जातको सयपत्री फुल ढकमक्क फूलेको छ । व्यवसायी जगदिसनाथ योगीले भने, ‘लकडाउनको सदुपयोग गरौ भने फूल खेती ग¥यौ ।’

उनले भने समयको सदूपयोग हुने व्यवसायी र आर्थिक रुपमा आत्मनिर्भर हुने त्यसैले सुरुवात ग¥यौ / फूल खेतीको सुरुवात हो उनले भने, ‘पहिलो पटक तिहारलाई लक्षित गरेर फूल खेती गरेको हौ । फुल राम्रै भएको छ ।’पाँच रोपनीमा २५ सय बेर्ना रोपिएको उनले बताए । कास्कीमा धेरै क्षेत्रफलमा फूल खेती गर्नेहरु उनीहरुनै भएका छन् । म्यारी गोल्ड ट्रिपल भाइव सयत्रपी फुलको खेती पहिलो पटक यति धेरै गरिएको प्राविधिक उपकार भण्डारीले बताए । यो फूलको व्यवसायीक खेती यति धेरै पहिलो पटक यहाँ गरिएको छ उनले भने, भदौ १ गते विउ राखेर २५ गते विरुवा रोपिएको हो । ६० दिनमा फूल फुलेको छ ।’ यो फुल तिहारको मालाका लागि उपयूक्त रहेको बताउदै, तिहारमा भारतबाट आयात हुने फुललाई कम गर्ने उद्देश्यले खेती सुरु गरेको व्यवसायी योगीले बताए ।

उनीहरुले एक लाख लगानी गरेको र खर्च कटाएर फूल बिक्री भए चार लाख नाफा हुने बताएका छन् । उनीहरुले एक थुंगा फूलको तीन रुपैयाँ र माला एक सय रुपियाँमा बिक्री गर्ने बताएका छन् ।युवाहरुको यो सुरुवात हो पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले भन्नुभयो, ‘अब यस्तलाई विस्तार गरेर जाने हो भने पोखरामा बाहिरबाट फूल आयाता गर्ने अवस्था रहदैन् ।’ उहाँले अहिले देशको बिशम परिस्थितिका कारण कति फूल बिक्री हुन्छ भन्ने ग्यारेन्टी नभएको बताउदै यही उत्पादन हुने फूलको प्रयोग गर्ने हो भने पैशा बाहिर जाने थिएन् । अग्लो ठाँउ भएकाले त्यहाँबाट फुलसंगै पृष्ठभुमिमा देखि हिमश्रृृखलाले सबैको मन लोभ्याउने भएकाले आन्तरीक पर्यटकको गन्तब्य समेत बनेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...