पोखराका ६१ सहित गण्डकीमा थपिए ७९ नयाँ संक्रमित

पोखरा, कात्तिक २८ गते । गण्डकी प्रदेशमा शुक्रबार ७९ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको तीन विज्ञप्ति अनुसार पहिलोमा ५, दोश्रोमा २१ र तेश्रोमा ५३ नयाँ संक्रमित थपिएको जनाएको छ । त्यस्तै पोखरामा महानगरपालिकामा ६१ सक्रमित थपिएका छन् । दोश्रोमा १४ र तेश्रो विज्ञप्तिमा ४७ गरी ६१ नयाँ संक्रमित थपिएका हुन् ।


त्यस्तै कोरोना भाइरस संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ की ५४ वषीय महिलाको मृत्यु भएको हो । उहाँमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

आज दिउसो तीन बजे मृत्यु भएको जनाएको छ । शुक्रबार विहान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पोखरा–१४ की ६७ वषीय महिलाको मृत्यु भएको थियो । शुक्रबार विहान २ बजेट निधन भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । उहाँ कात्तिक २१ गते प्रतिष्ठानमा भर्ना भएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...