कोरोना संक्रमणबाट शुक्रबार पोखराका चार जनाको मृत्यु

गण्डकीमा १७२ नयाँ संक्रमित थपिए

पोखरा, कात्तिक २८ गते । कोरोना संक्रमणबाट शुक्रबार पोखरामा चार जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ की ५४ वषीय महिलाको मृत्यु भएको हो । उहाँमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।शुक्रबार विहान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पोखरा–१४ की ६७ वषीय महिलाको मृत्यु भएको थियो । शुक्रबार विहान २ बजेट निधन भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । उहाँ कात्तिक २१ गते प्रतिष्ठानमा भर्ना भएको बताइएको छ ।

त्यस्तै पोखरा २५ का ७० वषीय र पोखरा २० का ८३ वषीय पुरुष रहेका छन् । पोखरा २५ का पुरुषको गण्डकी मेडिकल कलेजमा विहान ११ः१५ र पोखरा २० पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कात्तिक १८ गते र २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा शुक्रबार १७२ नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य पोखराका १०७ जना रहेका छ । गोरखाका ३५, म्याग्दीका ८,तनहुँका ८, नवलपरासीका ७,पर्वतका ५ र लम्जुंग र बाग्लुंगका एक एक जना संक्रमित रहेका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...