कोरोनाबाट पोखराका चार सहित गण्डकीमा पाँच जनाको मृत्यु

पोखरा, कात्तिक २९ गते । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिबार पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य चार जना पोखरा र एक जना स्यांजाको वालिका रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्वर १४ ६३ वषीय पुरुष,पोखरा १५ का ५० वषीय महिला र वालिंग नगरपालिकाका १४ का २४ वषीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

 

पोखरा १४ र बालिंगका पुरुषको गण्डकी मेडिकल कलेज र पोखरा १५ का महिलाको चरक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । त्यस्तै पोखरा महानगपालिका वडा नम्वर २६का ७२ वषीय महिला र पोखरा १८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै जनाको पोखरा स्वास्थ्थ विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...