पूर्न निर्माणपछि चिटिक्क कास्कीकोट दरबार

पोखरा, कात्तिक ३० गते । कास्कीकोट दबारका चिटिक्क परेको छ । भुकम्पले क्षती पुगेको कास्कीकोट दरबार पूर्न निर्माण गरेर चिटिक्क बनाइएको हो । दरबारको पुरतत्व विभागले पूर्ननिर्माण गरेको हो । विभागको २ करोड ६५ लाखको लागतमा कास्कीकोट दरबार र गुप्तकालीका मन्दिर निर्माण गरेको पोखरा महानगरपालिका वडा नम्वर २४ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले जानकारी दिनुभयो । कास्की जिल्लाको पोखरा महानगरपालिकाको २४ मा पर्ने कास्कीकोट दरबार ऐतिहासिक क्षेत्र हो ।


शाहवंशीय शासनको उद्गमस्थलको रुपमा रहेको कास्कीकोट दरबारमा कुलमण्डन शाह बस्ने गरेको ऐतिहासिक दस्तावेजमा उल्लेख छ । २०७२ साल वैशाख १२ गते गएको भुकम्पले दरबार र मन्दिरमा क्षती पुगेको थियो । दरवारको पुनःनिमार्णमा चुना,सुर्कीको प्रयोग गरी निमार्ण गरिएको हो । । अहिले दरवार शिखरी र पेगौडा शैलीमा निमार्ण भएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका अध्यक्ष दिलिप विक्रम शाहीले वताउनुभयो । कास्कीको दरबार संरक्षणको अभावमा जिर्ण बनेको थियो अध्यक्ष ओम सुवेदीले भन्नुभयो, ‘यो ऐतिहासिक क्षेत्र हो, यसलाई व्यवस्थित गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ ।’ उहाँले कोटमा कुलमण्डन शाहले प्रयोग गरेका सामाग्रीहरु रहेको बताउदै धार्मिक र सांस्कृतिक महत्व रहेको बताउनुभयो ।

कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई काश्यपकुट्टू शब्द दिइएको र तहाँ कास्यप सिहंता नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति रहेको छ । भने अकोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई काष र त्यसबाट काषकी हुदै कास्की रहन गएको भन्ने किंवदन्ति पनि पाइन्छ ।

सोह्रौं शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित कास्की राज्य वि.स. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको इतिहासमा उल्लेख गरिएको पाइन्छ । जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाटनै कास्की जिल्लाको नाम रहन गएको नेपाल एकीकरणको सन्दर्भमा निकै प्रचलित शब्द त्रिशक्ति मध्येको एउटा राज्य कास्की भएबाट यो ऐतिहासिक भएको पुष्टि हुने गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुरप्रसाद त्रिपाठीको भनाई छ । तर अहिलेसम्म ठोस आधार र तर्कहरूले प्रमाणिकरण भने हुन सकेको छैन ।

 

दरबारसंगै गुप्तकालीका मन्दिरमा दशैमा हुने नवदुर्गा पुजा हुदै आएको छ । यस वर्ष पनि पुजाले निरन्तरता भएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो – परापुर्वकाल देखिनै चल्दै आएको गुप्तकालीकाको पुजा तान्त्रीक एवम् वैदिक तरीकावाट हुदै आइरहेको छ । नव दुर्गामा सत्रौ शताव्दीका हात हतियारहरुको समेत प्रर्दशनी र फुलपातीको दिनमा पोखराको रामघाट वाट ल्याइने फुलपत्र सहितको डोली मन्दीरमा प्रवेश गराइने गरिएको छ ।

 

कास्कीकोट गुप्तकालीका मन्दीरमा वर्षेनी हजारौ दर्शानार्थीहरुको पुग्ने गरेको सचिव त्रिपाठीले बताउनुभयो । विशेष गरी वडा दशैको बेला कास्कीकोटमा मानिहरुको भीड लाग्ने गर्छ उहाँले भन्नुभयो । कास्कीकोट दरबारबाट फेवाताल,माछापुच्छ«, अन्नपूर्ण हिमश्रृखला, हरिया डाँडाकाडा लगायत प्राकृतिक सौन्र्दय नियाल्नपाइने भएकाले दरवाबारको पूर्ननिमार्णसंगै पर्यटकीय गन्तब्य बन्ने विश्वास लिएको स्थानीय गौरव त्रिपालठीले बताउनुभयो ।
तस्विर पनि छ । पूर्न निर्माण सुरु गरिएको कास्कीको दरबार ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...