हेलो वर्क  रोज़गार सेवा केन्द्र जापान 

मन्दीरा पराजुली / हेलो ओर्क भन्ने जापान सरकार द्वारा संचालित एक रोजगार सेवा दीने केन्द्र हो। यसको मुख्य भूमिका भनेको रोजगार खोज्नेहरूलाई कुशल श्रमिकको खाँचो भएका कम्पनीहरूमा आवद्द गर्न मद्दत गर्नु हो। यहॉ देश भर मा ५५० भन्दा बढि हेलो वर्क रोज़गार सेवा केन्द्रका मुख्य कार्यालयहरु छन्, र तिनीहरूले बेरोजगार भएका मानिसहरूलाई रोजगार सुरक्षा संजालको रूपमा सेवा गर्छन्।
रोजगारी खोज्नेहरूलाई रोजगार रिक्तिकाको बारेमा जानकारी प्रदान गर्नका साथै उनीहरूले रोजगार परामर्श, अन्तर्वार्ता प्रशिक्षण पनि प्रदान गर्दछन्, यसबाहेक, हेलो वर्क कार्यालयहरू बेरोजगारी लाभ अनुप्रयोगहरू फाइल गर्ने ठाउँहरू हुन्। रोजगार खोज्नेहरूले हेलो वर्क वेबसाइटमा कहॉ कहॉ रोजगार पाईन्छ भनेर वुझ्नका लागी रोजगार पोष्टिंगहरू पनि सजीलै हेर्न सक्छन्।
हेलो वर्कले उपयुक्त विदेशी भिसाका साथ सबै विदेशी बासिन्दाहरूलाई समान किसिमले सेवा प्रदान गर्नका लागी हरदम स्वागत गर्दछ। यस केन्द्रले वेरोजगारहरुको क्यारियर परामर्श र आवेदकको निवास स्थिति को आधार मा रोजगार पोस्टिंग प्रदान गर्दछ। यसबाहेक, विदेशी नागरिक लाई भाषाको समस्या नहोस् भन्ने उदेश्यले केहि हेलो वर्क कार्यालयहरूले जापानीज भाषा बाहेक अन्य विदेशी भाषाहरूमा पनि सेवाहरू प्रदान गर्दछ।
कुनै कारणले स्वदेशी तथा विदेशी नागरिकलाई उसले काम गरिरहेको कम्पनीले निस्कासन गरेको अवस्थामा हेलो वर्क रोजगार सेवा केन्द्रले उसले खाईपाई आएको तलवको आधारमा न्यूनतम तलव भुक्तान पनि गर्दछ र रोजगार खोजीदीनका लागी सहयोग गर्दछ ।
COVID -19 महामारीको समयमा पनि हरेक विदेशी नागरिक लाई कम्पनिले कामवाट निकाल्न नपाउने तथा कम्पनिको आफ्नै कारणले श्रमिकलाई विदा वस्नुपर्दा पनि कम्पनिले आफ्नै नागरिक सरह तलव सुविधा दीनुपर्ने हुन्छ । यहॉको राज्यले वनाएको यो नियम विदेशी नागरिकलाई कतै जानकारी नभएको खन्डमा अप्ठेरो नपरोस् भनेर यहॉ मैले पोष्ट गरेको जानकारी पत्र हरेक विदेशीको आफ्नै मातृभाषामा लेखेर उनीहरु वस्ने घर -घरमै यहॉको वडा कार्यालयले पठाएको थियो ।
यसरी राज्य आफ्ना नागरीकहरुप्रति कति जीम्मेवार र उत्तरदायी हुनुपर्छ भन्ने पाठ हाम्रो देशका नेताहरुले पनि सिक्ने हो की ? वेरोजगार नागरीकलाई राज्यले कसरी सहयोग गर्नुपर्छ भन्ने वुझ्न सकेमा धेरै राम्रो हुनेथियो की ? ऊर्जावान र सक्षम तर वेरोजगार युवाहरुलाई नेताको गुलाम मात्र वनाएर अनि चुनाव प्रचार प्रसार गर्ने गज्जवको साधनको रुपमा प्रयोग गरेर कहॉ देश वन्छ र ? नेताको परिवार चॉही पक्का वन्छन् यसमा दुई मत छैन ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...