आदर्श सञ्चारको वित्तीय सेवा नयाँ व्यवस्थापन

बागलुङ, कात्तिक ३० गते । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले लक्ष्मी पुजाको अवसर पारेर संस्थाले सञ्चालन गर्दै आएको वित्तीय सेवालाई थप व्यवस्थापनका साथ भूइतलाबाट सञ्चालन गरेको छ । सूचना र सञ्चारसंगै वित्तीय कारोबार समेत गर्दै आएको संस्थाले वित्तीय सेवालाई थप प्रभावकारी र सदस्यहरुको सहज सुविधाका लागि भूइतलाबाट काउण्टर शुरु गरेको संस्थाले जनाएको छ ।

संस्थाको मुख्य काम सूचना र सञ्चार हो, दैनिक, साप्ताहिक पत्रिका, अनलाइन, यूट्युव र टेलिभिजन सञ्चालन गरेको संस्थाले सदस्यहरुसंग वित्तीय कारोबार समेत गरेको र वित्तीय कारोबारलाई थप प्रभावकारी र सहज बनाउनका लागि थप व्यवस्थापन सहित सेवा सञ्चालन गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी –अञ्जु) ले जानकारी दिनुभयो ।

२०६३ सालदेखि धौलागिरी जागरण दैनिक, २०६८ सालदेखि अग्रसर साप्ताहिक, २०७६ सालदेखि आदर्शसञ्चार अनलाइन र आदर्शसञ्चार अनलाईन टिभी सञ्चालन गर्दै आएको संस्थाले २०७० सालदेखि धौलागिरी टेलिभिजनमा साझेदारी गर्दै आएको छ । सञ्चारमाध्यमको संस्थागत विकाससंगै सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा संस्थाले काम गर्दै आइरहेको छ, अध्यक्ष जिसीले भन्नुभयो–सञ्चारमाध्यमलाई थप व्यवस्थित र दीर्घकालिन बनाउनका लागि वित्तीय कारोबार सहयोगी हुने भएकाले थप व्यवस्थापनका साथ अगाडि बढेका छौ ।

नयाँ व्यवस्थापनका साथ भुइतलाबाट शुरु गरिएको काउण्टरको संस्थाका संस्थापक अध्यक्ष तथा संघीय सांसद मनकुमारी केसी जिसी र संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले शुक्रवार उद्घाटन गर्नु भएको थियो । नयाँ व्यवस्थापनका साथ काउण्टर शुरु गरेको पहिलो दिन नै १ सय ५ जना नयाँ शेयर सदस्य वृद्धि भएका छन् । शेयर सदस्यहरुबाट ११ लाख ३५ हजार शेयर रकम र ४५ लाख वचत संकलन भएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

संस्थामा हाल २ हजार २ सय जना शेयर सदस्य, ४ करोड ६१ लाख शेयर रकम, ३२ करोड बचत र २८ करोड कर्जा लगानी रहेको छ । संस्थाले बनाएको १० वर्षे रणनीतिक योजना अनुसार २०८० सालको असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ८० करोड वचत र ७५ करोड कर्जा लगानी गरी कुल कारोबार १ अर्ब पु¥याउने लक्ष्य रहेको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...