कास्कीका ७८ सहित गण्डकीमा एकै पटक थपिए १६० संक्रमित

पोखरा, कात्तिक ३० गते । गण्डकी प्रदेशमा एकै पटकमा १६० संक्रमित थपिएका छन् । आइतबार ४ः५० बजे स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको चौथो विज्ञप्तिमा कास्कीका ७८ सहित गण्डकी एकै पटकमा यति धेरै नयाँ संक्रमित थपिएका हुन् । नवलपरासी पूर्वका ३०, गोरखा १४, लम्जंगका १४, मुस्तांगका १३,बाग्लंगका ८ र पर्वतका ३ जना रहेका छन् ।

 

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि ३२ जना नयाँ कोरोना भाइरसका संmक्रमित थपिए थिए । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दिउसो जारी गरेको पहिलो ,दोश्रो, तेश्रो विज्ञप्ति अनुसार पोखराका ३२ र नवलपुरका ६, तनहुँका ३ जना सहित ४५ जना थपिएका हुन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०३३० पुगेको छ । लाइफ केयर डाइग्नोसटिक प्रयोगशाला, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशर र चितवन मेडिकल कजेजमा गरी नयाँ २९ जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...