जापानका सरकारी विद्यालय र यहॉको शिक्षण सीकीई प्रक्रिया

          मन्दीरा पराजुली

शिक्षा एक क्रमिक प्रक्रिया हो जसले मानव जीवन र व्यवहारमा सकरात्मक परिवर्तन गर्दछ। हामी शिक्षालाई “अध्ययनमार्फत ज्ञान प्राप्त गर्ने प्रक्रिया वा अन्य केही व्यावहारिक प्रक्रियामार्फत ज्ञान प्रदान गर्ने प्रक्रिया” को रूपमा पनि परिभाषित गर्न सक्छौं । जुन जन्मेदेखी मृत्यु पर्यन्त चलिरहन्छ ।कक्षाकोठाको चार पर्खाल भित्र लिने शिक्षा मात्र शिक्षा होईन । स्कुल बाहिर बच्चाले आफ्ना अनुभवहरूबाट पनि शिक्षा प्राप्त गर्दछ। शिक्षाका तीन प्रकारहरु छन् : औपचारिक, अनौपचारिक र गैर-औपचारिक।

औपचारिक ( Formal Education ) शिक्षा अन्तर्गत निम्न कुराहरु हुन्छन् :

स्कुल तथा कलेज र विभिन्न ईन्टीच्युटवाट लिईने शिक्षा

पदसोपानमा आधारित शिक्षा

युनिफर्म र तोकीएको समयावधि

विषय केन्द्रीत

प्रमाणपत्र तथा उपाधी प्राप्त हुने शिक्षा

अनौपचारिकता (Informal Education ) शिक्षा अन्तर्गत निम्न कुराहरु हुन्छन् :

व्यावहारिक वयस्क शिक्षा

सिकाई विधीहरु र सिकाई सामग्रीको प्रयोग

सिक्नेहरूको सहभागिता

वास्तविक जीवनको उदाहरण सहीतको सिकाई

आधारभूत स्थानीय संसाधन परिचालन गरेर सिक्ने सिकाई

ग़ैर-औपचारिक (Non-formal Education ) शिक्षा:

लामो प्रकिया

आफ्नै अनुभववाट सिकाई

घरपरिवारवाट सीकाई

आफ्नो वरपरको वातावरणवाट सिकाई

आफैले गरेको कामहरुवाट गर्दै सिक्दै

कुनैपनि देश वा समाजका मुल्यमान्यताहरु , त्यहॉका नागरिकहरुका वोलिचालि , लवाई तथा सामान्य व्यवहारवाट त्यहॉको शिक्षा प्रणाली कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ । नागरिकहरुको साना साना वानीव्यवहार , अनुशासन , ईमानदारीता र सामान्य कुराको सुझवुझ हेरेर या अनुभव गरेर उसको परिवार तथा स्कुलवाट कस्तो सिकाई सिकेको रैछ भन्नेपनि सजीलै अनुमान गर्न सकिन्छ ।

 

यसै सन्दर्भमा मलाई जापान आएदेखी यहॉका नागरिकहरु के वालक के वृद्ध सवैजना अतिनै अनुशासीत , भद्र , सानो आवाज र विनम्र भएर वोल्ने , साना साना कुराहरुपनि निकै महत्वका साथ लिने , ईमान्दार , झुट नवोल्ने आदी कुराहरु देख्दा नै लाग्थ्यो यहॉको शिक्षा प्रणाली धेरै उत्कृष्ट छ । हुनत, नेपालमै हुदा पनि विकसीत देशहरुको शिक्षा प्रणाली धेरै राम्रो र व्यवहारीक हुन्छ भन्ने पढेकै कुरा हो । यहॉ आएपछी आफुले पढेका कुराहरु आफ्नै ऑखाले देख्दा र प्रत्यक्ष अनुभव गर्दा अझै यसको वारे वुझ्न मन लाग्नु स्वभाविकनै हो ।

 

जापानका सरकारी स्कुलहरुमा यहॉ राज्यको ठुलो लगानी छ । यहॉका स्कुलहरु शिक्षा,संस्कृति,खेलकूद,विज्ञान तथा प्रविधि मंत्रालय अन्तर्गत संचालित छन् । यहॉ स्कुल संचालन वोर्डलाई MEXT भन्ने रहेछ र सवै स्कुलहरु यही वोर्ड अन्तर्गत संचालित छन् ।यहॉको शिक्षा प्रणाली ६+३+३+४ को पद्दतिमा संचालित छ । पहीलो १-६ कक्षा सम्मलाई Elementary School ( Shyo Gakkou) भनीन्छ , ७-९ कक्षा सम्मलाई Junior High School ( Chyu Gakkou) , १०-१२ सम्मलाई Senior High School ( Koko) , र त्यो भन्दा माथीलाई University ( Dai Gaku ) गरी विभाजन गरीएको छ ।

 

जापानको शिक्षा प्रणाली अनुसार १-९ कक्षा सम्मलाई अनिवार्य शिक्षा वनाईएको छ । यस लेभलसम्म यहॉका विद्यार्थीहरु दैनिक विद्यालयमा अनिवार्य उपस्थिति हुनै पर्ने हुन्छ । केही आपतकालीन अवस्थामा मात्र विदा लिन्छन् तर त्यो अवस्था वारे प्रमाण सहीत विद्यालयलाई जानकारी गराउनु पर्छ । यो नियम शिक्षक तथा विद्यार्थी दुवैले पालना गर्नैपर्छ ।

 

यहॉ १-६ कक्षा सम्मका विद्यार्थीलाई निःशुल्क शिक्षा छ । यहॉ खाना दीउंसो खाने चलन भएकोले विद्यालयमै खाना खुवाईन्छ । स्कुलको खाना वनाउन स्कुलमै क्यान्टीन वनाईएको हुन्छ र हरेक दीन फ़रक फ़रक खानाको सेट तयार गरीन्छ । खाना स्वास्थ्यकर , स्वादीलो र व्यालेन्स डाईट होस् भनेर विशेषज्ञद्वारा स्कुलले हरेक महीना खानाको तालीका तयार गर्छ । यहॉ खाना खाने टाईम दीउंसो १२ वजे देखी १२:४५ सम्मको हुन्छ । यस समयमा खाना खानुअघी विद्यार्थीहरुलाई सावुन पानिले हात धुन लगाईन्छ भने खाना खाने चपस्टिक विद्यार्थी आफैले घरवाटै ल्याउनु पर्ने हुन्छ । खाना खॉदा शिक्षक र विद्यार्थी सवैजना संगै वसेर खान्छन् ।

 

 खाना खाएपछि आफुले खाएको भॉडाहरु पनि विद्यार्थी र शिक्षक आफैले सफा गर्नुपर्छ । १-६ कक्षा सम्मको पढ़ाईमा गणित, विज्ञान भन्दा पनि साना साना कुराहरु जस्तै : सॉस्कृतिक कुरा , सरसफाईका कुरा , ठुलोलाई आदर गर्ने , सवैलाई माया र आदर गर्ने , साथीहरु संग मेलमिलापका कुरा , वाटोघाटोमा हींड्दा अपनाउनु पर्ने सावधानी र आत्मरक्षाका कुराहरु , सडक नियमहरु सीकाईन्छ। यस तहमा नैतिक शिक्षा लाई वढी प्राथमिकता दीईन्छ ।त्यसैगरी हरेक कुराहरु जस्तै व्यक्तिगत सरसफाई तथा अन्य स-साना व्यवहारिक कुराहरु अरुमा भर नपरुन् भनेर वच्चाहरुलाई आत्मनिर्भर हुन सीकाईन्छ ।

 

यहॉ जुनियर ( Elementary School) १-६ कक्षामा पढ्ने विद्यार्थीहरुको लागी विशेष ख़ालको स्कुल व्याग किन्नुपर्ने हुन्छ । जापानमा दैनिक जस्तो साना ठुला भुकम्पहरु गैरहने भएको कारण सुरक्षाका लागी विशेष खालको स्कुल व्याग अनिवार्य गरियको छ, जुन छालाद्नारा वनाईएको र सुरक्षित खालको हुन्छ भने मुल्य पनि ५० हज़ार जापनिज येन देखी १ लाख येन सम्म पर्छ । यो व्याग एकपटक किनेपछी १-६ कक्षासम्म किन्नु पर्दैन कीनभने यो वलियो पनि हुन्छ ।

 

यस लेभलमा नैतिक शिक्षा संगै विविध व्यावसायिक विषयहरु जस्तै : साधारण खालको सीलाई , पेन्टीड् , चित्रकला , गायन, नृत्य , कम्प्यूटर , पौडी , जस्ता कुराहरु पनि सीकाईन्छ । सीलाई मेसीन , कम्प्यूटर सवै कुराहरु स्कुलमै उपलब्ध हुन्छ ।

 

जापानमा १२-१४ वर्ष उमेर समुहका विद्यार्थीहरु ७-९ कक्षामा पढ्छन् । यस तहलाई Junior High ( Lower Secondary Level) School भनिन्छ । यस तहसम्मको शिक्षा अनिवार्य पनि गरीएको छ भने ९९.९९% यो तहसम्म पढेकै हुन्छन् । यस तहमा पनि यहॉ निःशुल्क शिक्षा छ । यस तहमा गणित, विज्ञान,सामाजिक, तथा अन्य विषयहरु पढाईन्छ । यस तहमा पुगेका विद्यार्थीलाई १-६ कक्षा सम्मका विद्यार्थीलाई भन्दा वढी विषयगत पढाईमा केन्द्रीत गरीन्छ । राम्रोसंग पढ्ने र पढाउने वातावरण स्कुलमै वनाईएको हुन्छ । यो तहका विद्यार्थीहरु दीउंसोको खाना घरवाटै लिएर आंउछन् र आफ्नो आफ्नो कक्षामा वसेर खान्छन् ।

 

Senior High School ( Upper Secondary Level) जहॉ १५-१७ वर्ष उमेरसमुहका विद्यार्थीहरु हुन्छन् भने १०-१२ कक्षा यस तहमा पढ्नुपर्ने हुन्छ । यो तह पढ्नैपर्ने अनिवार्य छैन तर यहॉ ९८.९९% यो तहसम्म पढेकै हुन्छन् । यस तहवाट भने विद्यार्थीहरुले फ़ि तिरेर पढ्नुपर्ने हुन्छ ।१२ कक्षा पास गरेपछी भने विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार युनिभर्सिटी र विषयहरु छनोट गरेर पढ्छन् । उच्च शिक्षा भन्दा व्यावसायिक शिक्षा लिएर आफ्नो सीप विकास गरी सम्वन्धीत विषयको व्यावसाय वा रोजगारी गर्ने विचार हुनेहरु चॉही व्यावसायिक विद्यालयहरुमा गएर तालीम लिन्छन् या पढ्छन् ।जापानमा व्यावसायिक तालीम दीने ईन्टीच्युटलाई सेनमोन ( Senmon Gakkou) गाक्कोउ भनिन्छ ।

 

जसलाई Vocational Training School पनि भनीन्छ । यो तह पास हुने विद्यार्थीहरु आफुले पढेको विषय अनुसार सम्वन्धीत क्षेत्रमा काम गर्नका लागी योग्य मानीन्छन् । यस तहलाई University को निश्चित तह वा उपाधी भने प्राप्त हुदैन । यस तह पास गर्नेलाई तालीम प्राप्त भए वापत प्रमाणपत्र मात्र दीईन्छ । नेपालमा पनि यस्ता तालीम दीने कलेज तथा ईन्टीच्युटहरु जस्तै : CTEVT, घरेलु उद्योग तथा सिप विकासले दीने तालीमहरु सिलाईकटाई , मोवाईल मर्मत, कम्प्यूटर हार्डवेयर तथा सफ्टवेयर तालीम , कृषि तालीम आदीसंग तुलना गर्न सकीन्छ ।

 

स्मरण रहोस् प्राय नेपालवाट १२ कक्षा पास गरेर विद्यार्थी भीषामा आउने नेपालीहरु सुरुमा २ वर्ष यहॉको जापनिज भाषा सिकाउने ( Nihongo Gakkou) स्कुल पढ्छन् त्यसपछी २ वर्ष विभीन्न विषयको Vocational Training Course गर्छन् । यहॉ हरेक कामलाई सम्मान गर्ने भएको हुंदा तालीम लिएका विद्यार्थीलाई पनि मेकानिक्स , ईन्जिनियर , म्यानेजर भन्ने गरीन्छ तर ,यो तह पढेर आउनेलाई कुनै निश्चित शैक्षिक ( Academic Level )तहको उपाधी र मान्यता भने हुदैन । विडम्बना नै भन्नुपर्छ हाम्रा नेपाली भाईवहीनीहरु यसलाई नवुझेर डक्टर , ईन्जिनियर , म्यानेजर आदीको उपाधी पायौंभन्ने भ्रममा परेका हुन्छन् ।

 

नेपालवाट यहॉ पढाईका लागी वौद्दीक भीषामा आउने केही वौद्दीक जमात पनि हुन्छन् जस्तै : MBBS Doctor, Engineering, Hotel Management, Business Studies, Forestry science तथा अन्य University को कोर्सहरु तथा Ph.D. गर्न आउनेहरुले चॉही आफ्नो विषयको तह पुरा गरेपछी अन्तर्राष्ट्रीय मान्यता प्राप्त हुनेगरी प्रमाणपत्र र उपाधी प्राप्त गर्दछन् । यहॉ वौद्दीक वर्गहरु पढ्ने University हरु जस्तै : Tokyo University, Tokyo International University, Osaka University , Jobu University लगायत अन्य धेरै University हरु पर्छन् ।

यहॉको विद्यालयका केही विशेषताहरु :

१ . विहान ८ वजे विद्यालयको पढ़ाई सुरु हुने ।

२. घरवाट लगाएर गएको जुत्ता स्कुलमा राखीएको जुत्ता र्याकमा राखेर स्कुलले दीएको जुत्ता लगाउनु पर्ने । जहॉ हरेक विद्यार्थीको लागी व्यक्तिगत लकरको व्यवस्था गरीएको हुन्छ ।

३. कक्षामा एक विद्यार्थी एक टेवल एक कुर्सीको व्यवस्था ।

४.जुनियर लेभलको विद्यार्थीले खाना खाने चपस्टीक , टावल र टुथव्रस अनिवार्य लैजानुपर्ने ।

५.अचानक आउने भूकम्पवाट वच्न वच्चाहरुको टाउको र छाती सम्म वचाउने तरीकाले छालाद्वारा तयार गरीएको विशेष खालको व्याग ( Randoseru) प्रयोग गर्नुपर्ने ।

६. विद्यालयको पठनपाठन सकीएपछी हरेक दीन विद्यार्थी र शिक्षक आफैले कक्षा कोठा , प्यासेज तथा शौचालय सवैतिर सफा गर्नैपर्ने । किनभने जापानको स्कुलहरुमा सहयोगी (पिउन) राख्ने चलन नै छैन ।

७. खानाखानु अगाडी र सरसफाई गरेपछी घर फर्कने वेला राम्रोसंग सावुनपानीले हात धुनुपर्ने ।

८. विद्यालयमा जॉदा विद्यार्थीहरुले र शिक्षकहरुले नड् पाल्ने , पालिस लगाउने , कपालमा कलर गर्ने , विभिन्न डीजाईन गरेर कपाल वनाउने , मेकप गर्ने , आंखामा गाजल लगाउने , चम्किलो लुगा लगाउने गर्न पाईदैन ।

९. केही आपतकाली अवस्था वाहेक शिक्षक र विद्यार्थी दुवैले विदामा वस्न नपाउने ।

१०. जाडो विदा तथा गर्मी वीदा हुंदा अनलाईन कक्षा लिनुपर्ने ।

११. आत्मरक्षाको सिप र पौडी अनिवार्य सवै विद्यार्थीले सिक्नुपर्ने ।

१२. अतिरिक्त कक्षा पढ्न र पढाउन चाहने शिक्षकले विद्यार्थी संग फि लिन नपाउने ।

१३. हरेक महीना तोकीएको दीनमा शिक्षक अभीभावक विद्यार्थीको सिकाई प्रगतिवारे र विद्यालयको वातावरण अझै गुणस्तरिय कसरी वनाउने भन्ने सम्वन्धमा अन्तरक्किया गर्ने ।

१४. शिक्षकले आफ्ना विद्यार्थीहरुको रुचि , क्षमता र सिप वारे वुझ्नका लागी हरेक विद्यार्थीको गृह भ्रमण गर्ने ।

१५. यदी अभीभावकले आफ्नो वच्चाहरु कसरी पढ्छन् र शिक्षकको सिकाई प्रक्रिया कस्तो छ भन्ने जानकारी लीन चाहेमा दीनभरको कक्षा अवलोकन गर्ने ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...