नेपाल संवत् ११४१ सुरु

काठमाण्डाै – नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । नयाँ वर्ष ११४१ का अवसरमा आइतबार विविध कार्यम गरी मनाइएको छ । ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतकाे सुरुवात गर्नुभएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डाक्टर त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

२००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...