प्रधानमन्त्री ओलीद्वारा बहिनीको हातबाट भाइटीका ग्रहण

काठमाडौं, मङ्सिर १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कैशल्या कोइरालाको हातबाट तिहारको भाइटीका लगाउनु भएको छ । उहाँले सरकारी निवास बालुवाटारमा भाउजु राधिका शाक्यलाई  पनि टीका लगाइदिनु भएकाे थियाे ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाइटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । साेही अवसरमा प्रधानमन्त्रीले बहिनी काैशल्यालाई  पनि टीका लगाइदिनु भएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...