कोरोना संक्रमणबाट पोखरामा एकजनाको मृत्यु

पोखरा, मंसिर १ गते ।कोरोना भाइरस संक्रमणबाट सोमबार पोखरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १५ का ७० वषीय पुरुष रहेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ ५ः२२ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।मृतक पुरुषमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै गण्डकी प्रदेशमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...